Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    निजामती सेवा दिवस

    निजामती सेवा दिवसका अबशरमा कोरोनाको विषयमा निवन्ध प्रतियोगीता

    निजामती सेवा दिवसका अबशरमा कोरोनाको विषयमा निवन्ध प्रतियोगीता


    • मंगलवार, भाद्र २३ २०७७

    • नेपाल वाइड


    निजामती सेवा दिवसका अबशरमा कोरोनाको विषयमा निवन्ध प्रतियोगीता

              निजामती सेवा दिवसको अवशरमा खोटाङको खोटेहाङ गाउँपालिकामा ‘कोरोना भाइरस’को विषयमा निवन्ध प्रतियोगीता आयोजना गरिएको छ । निजामती सेवा दिवसको अवशरमा गाउँपालिकाले सोमबार ‘कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा कर्मचारीको भूमीका’ विषयमा निवन्ध प्रतियोगीता आयोजना गरेको हो ।

              निवन्ध प्रतियोगीतामा खानेपानी टेक्नेसियन गीता रिजाल प्रथम, आन्तरिक लेखा परिक्षण शाखा प्रमुख योगेश श्रेष्ठ दोश्रो र एमआइएसका फिल्ड सहायक मनिता राई तेश्रो भएका छन् । निवन्ध प्रतियोगीताका विजेतालाई क्रमशः ५ हजार, ३ हजार र २ हजारका साथमा प्रमाण–पत्र प्रदान गरिएको छ ।

             यस्तै, दिवसकै अवशरमा आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगीतामा योजना शाखा प्रमुख प्यास्पी राईको समुह प्रथम, शिक्षा शाखा प्रमुख बाबा ठकुरी रिजाल अधिकारीको समुह दोश्रो र ईन्जिनियर राजु भट्टराईको समुह तेश्रो भएका छन् । हाजिरीजवाफका विजेतालाई पनि क्रमशः ५ हजार, ३ हजार र २ हजार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । निवन्ध र हाजिरीजवाफ प्रतियोगीताका विजेतालाई गाउँपालिका अध्यक्ष प्रदीप राई र उपाध्यक्ष कविता राईले नगद तथा प्रमाण–पत्र प्रदान गरेका थिए ।

            यसैबीच, स्वास्थ्य शाखाका प्रमुख यदु बस्नेतलाई गाउँपालिकाभरीका कर्मचारीमध्येबाट उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको छ । उत्कृष्ट कर्मचारी पुरस्कार पाएका बस्नेतलाई नगद ७ हजार ५२२ रुपैयाँका साथमा प्रमाण–पत्र प्रदान गरिएको छ । बस्नेतलाई गाउँपालिकाले साल, महिना र गतेसँग मिल्ने अंक बराबरको पुरस्कार प्रदान गरेको जनाएको छ । नेपालमा २०६० सालदेखि मनाउन थालिएको निजामती सेवा दिवस जिल्लाका हरेक स्थानीय तहले आ–आफ्नै तरिकाले मनाएका छन् ।

         यसैबीच दिप्रुङ चुइचुम्मा गाउँपालिकाले उत्कृष्ट एक जना कर्मचारीलाई सम्मान गरेको छ । निजामती सेवा दिवसको अवसर पारेर गाउँपालिकामा कार्यरत स्वास्थ्य संयोजक मुस्ताक अहमद मन्सुरीलाई सम्मान गरेको हो । गाँउपालिको स्वास्थ्य एबम कोरोना भाईरस नियन्त्रणका क्रममा अग्रणी भुमिका खेलेको भन्दै पालिकाले संयोजक मन्सुरीलाई सम्मान गरेको गाँउपालिकाले जनाएको छ ।

    Mansuri Sir.jpg

           वाल दिवसको अवशरमा जनसेवा समाज नेपाल जालपाले कोरोना भाइरसलाई विषयवस्तु बनाएर वक्तृत्वकला प्रतियोगीता आयोजना गरेको छ । जनसेवाले प्रदेश स्तरिय प्रतियोगीतामा पठाउने विजेता छनौटका लागि भर्चुअल विधिबाट ‘कोरोना भाइरसले वालबालिकामा पारेको असर र यसमा सरोकारवालाहरुको भूमीका’ विषयमा वक्तृत्वकला प्रतियोगीता आयोजना गरेको हो ।

            प्रतियोगीतामा शारदा माबि खार्पाका प्रतीक पोखरेल प्रथम, ज्योती माबि जालपाका अनुसा तामाङ दोश्रो र पञ्च माबि दिक्तेलका नवराज आचार्य तेश्रो भएका छन् । प्रथम स्थान प्राप्त पोखरेललाई प्रदेश स्तरिय प्रतियोगीतामा जिल्लाको प्रतिनिधित्व गर्दै पठाइने जनसेवा समाज नेपाल जालपाका अध्यक्ष दानबहादुर राईले बताउनुभयो ।

    सम्बन्धित समाचार