Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेकपाका पुर्वगाबिस अध्यक्ष सहितका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश

    नेकपाका पुर्वगाबिस अध्यक्ष सहितका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश


    • बिहिवार, भाद्र २५ २०७७

    • नेपाल वाइड


    नेकपाका पुर्वगाबिस अध्यक्ष सहितका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश

           खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका नेकपाका पुर्वगाबिस अध्यक्ष सहितका नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।

            बीपी कोईरालाको १०७ औं जन्मजयन्तीको अवशरमा नेपाली कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा नेकपाका पुर्वगाबिस अध्यक्ष तथा नेकपा प्रदेश कमिटि सल्लाहकार सदस्य ज्ञानेन्द्र राई सहितका नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।

          कांग्रेसका अनुशार नेकपाका गाउँ कमिटि उपाध्यक्ष दिपक बिश्वकर्मा, क्रान्तीकारी माओबादीका जिल्ला सदस्य एबं युवा लिग खोटाङका अध्यक्ष जीवन श्रेष्ठ, सन्तोष बिश्वकर्मा लगायतका नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेको जनाएको छ ।

          कार्यक्रममा नेकपाका १११ जना नेता, कार्यकर्ता र समर्थक प्रवेश गरेको कांग्रेसको दाबी छ । उनीहरुलाई प्रमुख अतिथिकारुपमा कांग्रेस महाधिबेसन प्रतिनिधि भूपेन्द्र राई, गाउँपालिका सभापति लक्ष्मी थापा, जिल्ला सदस्य सरणकुमार राई, बशन्त राई, ललिता राउत लगायतले पार्टी प्रवेश गराएका हुन् ।

    सम्बन्धित समाचार