शनिवार, भाद्र २७ २०७७
नेपाल वाइड
तिर्थ बहादुर कार्की
नेपालमा रहेको रहेको हरेक खालको व्यापार मध्य फुटपाथ तथा ठेलाको व्यापार पनि अहिले धेरैको मुखबाट निस्किने चर्चित शब्द बनेको छ फुटपाथ व्यापार । बिशेश गरेर शहरी इलाकामा राम्रै सङ्ग चलेको पाइन्छ । यस व्यापारबाट आम्दानी पनि राम्रै हुने गरेको कुरा ब्यापारिहरुले बताउने गरेका छन ।
बिशेश गरेर निम्न आर्थिक स्तर भएका र गाउँबाट शहर पसेकाहरु प्राय यो ब्यापारमा लागेका छ्न । यहि ब्यापारबाट दैनिक चाइने घरखर्च चलाउने छोराछोरी पढाउने केही रकम बचत समेत गर्ने धेरैको माध्यम बन्न सफल भएको छ यो ब्यापर ।
तर धेरै गरिबहरुको आर्थिक आम्दानिको एउटा मुख्य पेसा यो फुट्पाथ ब्यापार बन्द गराउन अहिले प्रशासन महानगर लगायत अन्य सरोकार वाला समेत लागि परेको पाइन्छ । हामी सबैले एक पटक यिनै ब्यापरिको ठाउमा रहेर सोच्नेहो भने यो व्यापार बन्द गराउनु गलत मात्र नभएर एक किसिमको अपराध नै हुन जान्छ ।
अहिले प्रशासन अनि महानगरले कोरोना संक्रमण सर्न सक्ने भन्दै यो ब्याबसायलाई बन्द गराउन तिर मात्र ध्यान दिएको पाइन्छ तर यसलाई ब्याब्स्थित र सुरक्षित तरिकाले सन्चालन गर्ने तिर धयान दिएको पाइदैन । यो व्यापार बन्द गराउनु पहिला यी ब्याबसायिहरुको विषयमा उनिहरुको दैनिक गुजारा र उनिहरुको गासाबासको विषयतिर ध्यान दिनु पहिलो मुख्रय कुरा हो ।
यो ब्यापार बन्द गाराउनु भनेको उनिहरुको गाँस खोसिनु हो अनि बाँस खोसिनु हो त्यस्तै उनिहरुको छोराछोरीको निम्ति बलिरहेको एउटा बत्ती निभ्नु हो । किनकी यहि व्यापार नै उनिहरुको आवश्यकता परिपुर्तिको एउटा मात्र मुख्य श्रोत हो । काठमाडौ उपत्यका लगायत धेरै प्रमुख शहरका हरेक चोक कुना र गल्लिहरुला यी ब्यापारिहरु पाइन्छ ।
यी ब्याबसायहरुलाई पुर्ण रुपमा बन्द गराउनु भन्दा पनि यिनिहरुलाई सामाजिक दुरि कायम गराएर राख्न सके पक्कै पनी सबैको हित होला । यी ब्यापारिलाई मात्र सबैले आँखा लगाएको देख्दा ठुला खान्दानी ब्यापारिहरुको सङ्गको मिले मत्तोमा यस्तो कदम चालिएको पनि हुन्सक्ने आशन्का फुटपाथ ब्यापारिहरुले गरिरहेका छन ।
किनकी फुटपाथ व्यापारी हरुले ताजा र सस्तोमा तरकारी लगायत अन्य सामानहरु सस्तोमा उपलब्ध गाराउने हुदा धेरै जसोले आफुलाइ चाइने सामान फुटपाथबाटै खरिद गर्ने गर्छ्न । एउटै गुनस्तरको सामान फुटपाथमा जति मुल्यमा पाइन्छ त्यही सामान सट्टरमा दोबर भन्दा महङ्गो मुल्यमा खरिद गर्नुपर्दा ग्राहक पनि मर्कामा पर्ने गर्छन किनकी सहरमा बसोबास गर्ने हरु सबै महँगोमा सामान खरिद गर्ने हैसियतका छैनन । अर्को कुरा के छ भने कुनै पनि कुरा रोक्नु पहिला त्यसको बैकल्पिक बाटो खोज्नु मुख्य आवश्यकता हो ।
यदि फुटपाथ ब्यापार संक्रमणको हिसाबले पनि कारक बन्न जान्छ भने यसलाई हटाउन पनि पर्छ । फुटपाथ हटाइसके पछि यश क्षेत्रमा लागेकाहरुको खाने लाउने र बालबच्चा पधाउने सबै कुरा बन्द हुन्छ मुख्री कुरात हातमुख जोर्न नै कठिन हुन्छ । अनि यिनिहरुको जिम्मेवारी कसले लिनेत भनेर नत महानगरले बोलेको छ नत प्रशासनलेनै ।
अनि के यो ब्याबसाय गर्ने हरु चाही मान्छेनै होइनन उनिहरुले खानु लाउनु पर्दैन त अनि उनिहरुका चाइ उनिहरुमै आस्रित परिवार छैन्न त यी विषयमा सोच्नु आवश्यक छ । काठमाडौ महानगर पालिकाकी उपमेयरले फुटपाथ र ठेला व्यापार पुर्न रुपमा बन्द गाराइयोस भनेर जिल्ला प्रशासन कार्यालय काठमाडौमा चिठ्ठिपनी बुझाइ सक्नु भएछ तर यिनिहरुको ब्याब्स्थापन बारे एक शब्द नी बोल्नु भएन छ ।
यी कुराहरुलाई मध्यनजर गर्दा जनप्रतिनिधिहरु पनि गरिबका लागि हुदैन रहेनछन जस्तो लाग्छ । यदि साच्चै भाषणमा जस्तै तपाइहरु साच्चिकै जनताको सेबक हो भने गर्बका साथ यस्ता तल्ला स्तरका जो एक दिन काम नपाउदा हातमुख जोड्न सक्दैन्न तिनिहरुको स्थितिको विषयलाई पहिलो प्राथमिकतामा राख्नुस ।
जो चुनाबको बेलामा तपाइहरुलाई जिताउनकोलागि भोट माग्न जादा आफ्नो धाडमा लाठ्ठी थापेर तपाइहरुको लागि लागि पर्ने यिनै सडकमा बसेका जनता हुन । बास्तबमा सडकमा व्यापार गर्नेहरु कुनै करोडपति नभएर एउटा गरिब ब्याक्ति हो, महल बनाउन नभई दैनिक पेट भर्नको लागि पसिना बगाएको ब्याक्ति हो र आफ्ना सन्तानको लागि भबिस्यको लागि केही सपना बोकेर दुरदराज बाट शहर पसेको एउटा गरिब ब्याक्ति हो ।
त्यसैले यिनिहरुलाई बिचल्ली पार्नुको साटो स्थान्तरन तिर पहल गरियोस । फुटपाथ ब्यापारिलाई पनि हामी पनि यहि देशका नागरिक रहेछौ हामिलाई पनि यहि देशमा बाच्न पाउने अधिकार रहेछ भन्ने कुरा अनुभूति हुने खालको काम गरियोस र गाँस बाँस र कपास बाट बन्चित नगराइयोस।