Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अफगान सरकार र तालिवानबीच दोहामा शान्ति वार्ता

    अफगान सरकार र तालिवानबीच दोहामा शान्ति वार्ता


    • शनिवार, भाद्र २७ २०७७

    • नेपाल वाइड


    अफगान सरकार र तालिवानबीच दोहामा शान्ति वार्ता

            अफगानिस्तानमा लामो समयदेखि जारी हिंसाको अन्त्य गरी दिगो शान्ति स्थापना गर्ने उद्देश्यले कतारको दोहामा वार्ता हुन लागेको छ । अफगानिस्तानको सरकारी वार्ता टोली र तालिबान समूहसँगको वार्ता टोली शनिबार हुने शान्ति वार्ता गर्नका लागि कतारको दोहा पुगिसकेको बताइएको छ । 

          अफगानिस्तानमा जारी करिब दुई दशक लामो द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले अमेरिकी मध्यस्थतामा तालिबान समूहसँग अफगानिस्तान सरकारले वार्ता गर्ने तयारी गरेको हो । तालिबान समूहले पनि एक उच्चस्तरीय प्रतिनिधिमण्डल अफगान सरकारसँग वार्ताका लागि कतारको दोहा पठाएको जानाएको छ । तालिबान र अफगान सरकारबीच अफगानिस्तानमा दिगो शान्ति स्थापनाका लागि वार्ता गर्ने अन्तिम तयारी भएको जनाइएको छ । 

           पछिल्लो समयमा दुबैतर्फका कैदीहरूको आदानप्रदानको विवादका कारण केही ढिला गरी सो वार्ता शुरु हुन लागेको हो । गत मार्च महिनामा हुने भनिएको यो वार्ता यसै कारणले पछि धकेलिएको र शनिबारबाट शुरु हुने बताइएको हो । 

          अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको युद्ध अन्त्य गर्न र सेनालाई स्वदेश फिर्ता लिनको लागि तयार भएपछि यो वार्ताको वातावरण बनेको हो । उनले यसलाई आफ्नो महत्वपूर्ण नीतिका रुपमा प्राथमिकता दिँदै आएका छन् । 

            त्यसैगरी सो वार्ताको मध्यस्थताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ पनि कतार पुगेका छन् । उनले शुक्रबार कतारका लागि छुट्नुअघि अफगानिस्तान सरकार र तालिवानबीचको वार्ता अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने एउटा पहल भएको बताएका थिए ।  

            गएको फेब्रुअरी महिनामा संयुक्तराज्य अमेरिकासँग सम्झौता हुनुअघि तालिबान समूहले अफगान सरकारसँग वार्ता नगर्ने अडान राखेकामा पछिल्ला केही हप्तामा तालिबान र अमेरिकी सरकारले तालिबानहरुका मागहरु सम्बोधन गरेपछि उनीहरु वार्ताका लागि तयार भएका हुन् । 

           अफगान सरकारले वार्ताका लागि सरकारी र विपक्षी दलका प्रतिनिधिहरु समेत समावेश गरेर वार्ता टोली बनाएको छ । दुवै तर्फका वार्ता टोलीहरु दोहा पुगेका छन् । 

          गएको फेब्रुअरी महिनामा तालिबान र संयुक्तराज्य अमेरिकाका बीचमा कतारको राजधानी दोहामा अफगानिस्तानमा शान्ति स्थापनाका लागि वार्ता गर्ने र त्यसको मध्यस्थता अमेरिकाले गर्ने सम्झौता भएको थियो । रासस/एएनआई ।

     

    सम्बन्धित समाचार