Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    यलम्वर संगीतको छैंटौं संस्करण अनलाईनमार्फत सञ्चालन गर्ने तयारी 

    यलम्वर संगीतको छैंटौं संस्करण अनलाईनमार्फत सञ्चालन गर्ने तयारी 


    • शनिवार, भाद्र २७ २०७७

    • नेपाल वाइड


    यलम्वर संगीतको छैंटौं संस्करण अनलाईनमार्फत सञ्चालन गर्ने तयारी 

           किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिले यलम्वर संगीत प्रतियोगिताको छैठौं संस्करणको तयारी थालेको छ । हरेक वर्ष राष्ट्रव्यापी रुपमा सञ्चालन हुँदैआएको यलम्वर संगीत प्रतियोगितालाई यसपल्ट अनलाईनमार्फत विश्वब्यापी रुपमा सञ्चालन गर्ने तयारी थालिएको हो ।

          सामाजिक–साँस्कृतिक जागरण अभियानका रुपमा सञ्चालन गरिँदै आएको प्रतियोगितालाई कोरोना भाइरसको महामारीका कारण अनलाईन संस्करणमार्फत विश्वव्यापी वनाउने तयारी गरिएको प्रतियोगिताका प्रचार–प्रसार विभाग संयोजक पदम थुलुङले वताए ।

         प्रतियोगीले आफ्नो ‘ओरीजिनल’ आवाजलाई एमपीफोर फाईल भिडियो बनाएर आयोजकलाई उपलव्ध गराउनुपर्ने सोही एमपीफोर फाईल भिडियोको आधारमा प्रतिष्पर्धा गराइने प्रचार–प्रसार विभाग संयोजक थुलुङले बताए ।

           प्रतियोगीताका सहभागीलाई साप्ताहिक रुपमा उत्कृष्ट ३० जनाबाट उत्कृष्ट २० र उत्कृष्ट २० बाट उत्कृष्ट १० छनौट गर्दै पाँचौ हप्ता अन्तिम चरणको प्रतिस्पर्धा गराउने तयारी गरिएको छ ।

           अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगीले आयोजकको अनलाईन प्रशिक्षणमा अनिवार्य सहभागी हुनुपर्ने थुलुङले बताए । प्रतियोगीतामा किरात राई समुदायका प्रतिभाले मात्र सहभागीता जनाउन पाउनेछन् भने सहभागीले किराती विषयमा सम्वन्धित गीतलाई ट्र्याकमा प्रस्तुत गर्नुपर्ने छ ।

            प्रतियोगिताका प्रथम, दोश्रो, तेश्रो तथा दर्शकले रुचाएका उत्कृष्ट प्रतियोगीले क्रमशः नगद ३० हजार, १५ हजार, १० हजार र पाँच हजार नगद सहित प्रमाण–पत्र प्राप्त गर्ने किरात राई साँस्कृतिक कलाकार संघका केन्दीय अध्यक्ष रामकर राईले वताए ।

          प्रतिष्पर्धाका लागि एमपीफोर फाईल भिडियो आयोजकको ईमेल ठेगाना kiratraikalakar@gmail.com मा आगामी असोज १७ गतेभित्र पठाईसक्नु पर्नेछ । उत्कृष्ट ३० प्रतियोगीको भिडियोलाई संघको Kirat Kalakar नामक युट्युव च्यानलबाट असोज १७ गते सार्वजानिक गर्दै ह्वाट्स एप गु्रपमा जोडेर अर्को चरणको लागि ट्रयाक उपलव्ध गराइने किरात राई साँस्कृतिक कलाकार संघले जनाएको छ । ‘उत्कृष्ट ३० लाई अर्को गीत दिएर उत्कृष्ट २० छनौट गरिने छ । उत्कृष्ट २० लाई पनि अर्को गीत दिएर उत्कृष्ट १० छनौट गरिनेछ,’ थुलुङले भने, ‘अन्तिममा टप टेनलाई अर्कै गीत गाउन दिएर अन्तिम विजेताको टुंगो लगाइने छ ।’

           किराती इतिहास, मौलिकता, भाषा, संस्कार–संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा उत्थानको लागि किरात राई साँस्कृतिक कलाकार संघले यलम्वर संगीत प्रतियोगिता सुरु गरेको हो । हालसम्म सागर संसार राई, निश्चल राई, नम्रता राई, सोनाम राई र अम्विका राईले यलम्वर संगीत प्रतियोगिताको पहिलो उपाधि हात पारिसकेका छन् ।

    सम्बन्धित समाचार