आइतवार, भाद्र २८ २०७७
नेपाल वाइड
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बाह्रबिसेको पहिरोमा हराएकामध्ये ४ जनाको शव फेला परेको छ । स्थानीय शिक्षक बजीरसिंह भण्डारीका अनुसार बिहानीपख ३ बजेको आसपासमा गएको पहिरोमा परी कम्तीमा २५ घरमा क्षति पुगेको छ ।
भीरखर्कबाट सुरु भएको पहिरोले बस्ती नै छोपेकाले यति नै घरमा क्षति पुगेको भनेर भन्न कठिन रहेको उनले जानकारी दिए । “बिहानीपख पहिरो गएको हो । भीरखर्क ठाउँ छै जोखिममै थियो । डेढ किलोमिटर लामो पहिरोमा परि अहिलेसम्म ४ जनाको शव फेला परेको भण्डारीले बताए ।
घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी पुगिसकेको छ । त्यस्तै नेपाली सेना, सशस्त्र प्रहरी पनि पुगेर उद्धार र खोजीमा खटिइसकेका छन् ।
नेकपा, नेपाली कांग्रेस पार्टीका स्वयमसेवी कार्यकर्ता पनि स्वतःस्फूर्त खोजी, उद्धारमा जुटेको भण्डारीको भनाइ छ ।