Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अज्ञात रोगले बाख्रा मरे, किसानलाई लाखौंको घाटा

    अज्ञात रोगले बाख्रा मरे, किसानलाई लाखौंको घाटा


    • सोमवार, भाद्र २९ २०७७

    • नेपाल वाइड


    अज्ञात रोगले बाख्रा मरे, किसानलाई लाखौंको घाटा

           खोटाङ । खोर नै रित्तिनेगरी बाख्रा मर्न थालेपछि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका किसान मारमा परेका छन् । लक्षण देखिएर बिरामी भएको ४/५ दिनभित्र खसी बाख्रा मर्ने समस्या फैलिएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका किसान मारमा परेका हुन् ।

           कतिपय फर्म खोलेर व्यवसायीकरुपमा पालिएका बाख्रा खोर नै रित्तो हुनेगरी मर्न थालेपछि लाखौं नोक्सान भइरहेको किसानको गुनासो छ । याम्खामा सुनगाभा कृषि तथा बाख्रा फर्म खोलेर व्यवसायीकरुपमा बाख्रा पालन गर्दै आएका किसान दिपेन्द्र श्रेष्ठको २४ वटामध्ये २१ वटा बोयर जातको बोका र स्थानीय जातको बाख्रा मरिसकेको छ ।

            गत असार यता याम्खामा मात्र सय वटाभन्दा बढि बाख्रा मरिसकेको वडा कार्यालयले जनाएको छ । हालसम्म बाख्रामा लागेको रोगको पहिचान भएको छैन । गाउँपालिकामा एग्रोभेट एबं आवश्यक भेटेनरी कर्मचारी र औषधिको व्यवस्था नभएकाले बाख्रा मर्ने समस्याले महामारीको रुप लिएको हो ।

           सुरुमा घाँस खाँदाखाँदै छेर्ने, झोक्राउने जस्ता लक्षण देखिने र बिरामी भएको कम्तीमा ४ दिनदेखि ५ दिनभित्र बाख्रा मर्ने गरेको छ । आवश्यक औषधिको व्यवस्था नभएकाले सम्पर्कमा आएका किसानलाई दिक्तेलबाट औषधि खरिद गरेर बाख्राको उपचार गर्न सुझाव दिइएको गाउँपालिकाका भेटेनरी संयोजक प्रेम राईले बताउनुभयो ।

    सम्बन्धित समाचार