Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खै बाल अधिकार ?

    खै बाल अधिकार ?


    • सोमवार, भाद्र २९ २०७७

    • नेपाल वाइड


    खै बाल अधिकार ?

                          सुमन आचार्य
           सानो छँदा बाल दिवस बारे धेरै चासो लाग्थ्यो किनकि यो दिन केहि न केही प्रतियोगिता हुन्थ्यो (रमाईलो हुन्थ्यो) । नेपालमा बि.सं. २०२१ सालदेखि हरेक बर्ष भदौ ४ गते बालदिबस मनादै आइएको थियो तर लोकतन्त्र स्थापनापछि बि.संं. २०६३ सालबाट भदौ २९ गतेदेखि राष्ट्रिय बाल दिवस मनाउदै आइएको छ ।

          अहिले कोरोनाजनित संकटका कारण पढ्ने, लेख्ने अवसरबाट लाखौं बालबालिका बन्चित भैइरको अबस्था छ । 'बिपदमा बाल अधिकार सुनिस्चितता हामी सबैका साझा प्रतिबद्धता' भन्ने नाराका साथ आज मनाइ रहिएको राष्ट्रिय बाल दिवशको अवसरमा सम्पुर्ण अबिभावकहरु ! यो बर्ष स्कुल सुरु भएकै छैन, आफ्ना बालबालिकालाई घरमै पढाऔं, सिकाऔं, भोलि स्कुल जानुपर्छ भन्ने पनि सम्झाई राखौं । नत्र लामो समय घर बसाईपछी एकैचोटी स्कुल जानलाई मानशिक रुपमा तयार हुन गार्‍हो हुन्छ ।

              झन्डै नेपालको आधा जनसंख्या बालबालिका रहेकोले सबै बाल अधिकारकर्मी, सरकारी र गैरसरकारी संस्था जो बालबच्चाको हकहितका लागि काम गरिरनुभएको छ, उहाँहरुलाई एउटा सुझाव-विभिन्न ढुङ्गा खानिहरुमा आमाबुबासँग गिट्टी कुट्न, सदमुकाम र राजमार्ग, कैयौं होटलहरुमा भाडा माझ्न वाध्य, गल्लिको माटोदेखी चौडा बाटोसम्म बालश्रम भैरहेका बालबालिकाहरुलाई पनि बाल अधिकारको महसुस होस् ।

            अहिलेको अबस्थामा बाल अधिकारलाई केही अधिकारकर्मीहरुले माग्ने भाँडो र खाने भाँडो मात्र बनाएको देखिन्छ । एउटी बालिकाको लागि कैयौं पटक आवाज उठाउदा पनि न्याय पाएको छैन । बालश्रम, बालबालिकामाथिको हिंसा, शोषण यथावत नै छ ।

           बास्तबमा बालदिवसको अर्थ बालबालिकाहरुको गाँस, बाँस, कपासको अनुभुती गर्दै स्वास्थ र शिक्षामा सधैं अग्रपंक्तिमा पहुँच पुर्‍याउन सक्नु हो । जुनदिनसम्म सबै बालबालिकाले आफ्ना सबै किसिमका आधारभूत आवस्यकता पूरा भएको महसुस गर्दैनन् वा बालधिकारको नारा कागजमै सिमित हुन्छ ।

          तबसम्म बालदिवसको दिन भब्य कार्यक्रम गरेर हामी अधिकारप्रति प्रतिबद्ध छौँ भनेर चर्को भाषण नगरेकै राम्रो हो । बर्तमान समयमा हातलागी शून्य भएतापनी भावी दिनहरुमा सम्पूर्ण बालबालिकामा स्वास्थ, शिक्षा र मनोरञ्जनको प्रत्याभूति होस, थालनी होस् भन्ने कामना गर्दै बालदिवश आफैमा एउटा महत्वपूर्ण दिवसको रुपमा मात्र नभएर नयाँ दृष्टिकोण अपनाएर बाल अधिकारको प्रतिबद्धता पूरा गर्न आगामी बहस जरुरी छ। बाल दिवसको हार्दिक शुभकामना ।
    लेखक : नेविसंघका विद्यार्थी नेता हुन् ।

    सम्बन्धित समाचार