Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    टिकटकले अमेरिकी व्यवस्थापन किन्ने माइक्रोसफ्टको प्रस्तावलाई अस्वीकार

    टिकटकले अमेरिकी व्यवस्थापन किन्ने माइक्रोसफ्टको प्रस्तावलाई अस्वीकार


    • सोमवार, भाद्र २९ २०७७

    • नेपाल वाइड


    टिकटकले अमेरिकी व्यवस्थापन किन्ने माइक्रोसफ्टको प्रस्तावलाई अस्वीकार

              टिकटकले उसको अमेरिकी व्यवस्थापन किन्ने माइक्रोसफ्टको प्रस्तावलाई अस्वीकार गरेपछि ओरकल कम्पनीका लागि अन्तिम समयमा प्रस्ताव गर्ने बाटो खुलेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ कम्पनी टिकटकलाई सेप्टेम्बर १५ भित्र अमेरिकी व्यवस्थापन बेच्न वा बन्द गर्न आदेश दिएका छन् ।

            ट्रम्प प्रशासनले टिकटक र अन्य चिनियाँ एपहरू राष्ट्रिय सुरक्षाका लागि चुनौती भनेका छन् । चिनियाँ कम्पनी बाइटडान्सबाट टिकटक किन्ने दौडमा माइक्रोसफ्ट र ओरकल थिए ।

            वाल स्ट्रीट जर्नल र समाचारसंस्ता रोएटर्सका अनुसार व्यावसायिक रूपमा तथ्याङ्क प्रशोधन प्रविधि र क्लाउड प्रविधि विक्री गर्ने ओरकलले दौड जितेको छ । उक्त कम्पनी अमेरिका, क्यानडा, अस्ट्रेलिया र न्यूजील्यान्डमा टिकटकको व्यवसाय किन्न इच्छुक भएको विवरण यसअघि आएको थियो । टिकटकका एक प्रवक्ताले बीबीसीलाई कम्पनीले माइक्रोसफ्ट वा ओरकलसँग भएको प्रगतिका बारेमा नबोल्ने बताए ।

            आइतवार माइक्रोसफ्टले भन्यो: "बाइटडान्सले आज हामीलाई टिकटकको अमेरिकी व्यवस्थापन माइक्रोसफ्टलाई नबेच्ने जानकारी दिएको छ । हाम्रो प्रस्ताव टिकटक प्रयोगकर्ताहरूका लागि ठिक भएको र राष्ट्रिय सुरक्षाको प्रत्याभूति गर्ने भएकोमा हामी विश्वस्त छौँ ।" "हामी यी महत्त्वपूर्ण क्षेत्रमा त्यो सेवा कसरी जान्छ भन्ने हेर्न उत्सुक छौँ ।"

           ट्रम्पले टिकटक किन्न राम्रो कम्पनी भनी टिप्पणी गरेपछि ओरकलका लागि बाटो खुलेको छ । ओरकलमा अध्यक्ष ल्यारी इलिसल ट्रम्पका समर्थक हुन् र उनले राष्ट्रपतिका लागि फेब्रुअरीमा चन्दा सङ्कलन गरेका थिए । -वीवीसी 

    सम्बन्धित समाचार