Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बामदेवलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने सरकारको निर्णय

    बामदेवलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने सरकारको निर्णय


    • सोमवार, भाद्र २९ २०७७

    • नेपाल वाइड


    बामदेवलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने सरकारको निर्णय

               सरकारले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफरिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको राष्ट्रियसभामा रिक्त रहेको एक सदस्य पदमा गौतमको नाम सिफरिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।  

             यसअघि बर्दियाबाट चुनाव हारेका गौतमलाई नेकपाले राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न सरकारलाई सिफारिस गरेको थियो । पार्टीको निर्णयको आधारमा सरकारले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको हो ।

    सरकारको सिफारिस राष्ट्रपतिले अनुमोदन गरेपछि गौतम राष्ट्रियसभा सदस्य बन्नेछन् । 

    सम्बन्धित समाचार