बुधवार, भाद्र ३१ २०७७
नेपाल वाइड
भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा बढी मूल्यमा किनबेच हुन थालेको छ । प्याजको मुल्य बढाएर विक्री गरेको अभियोगमा बुधबार बल्खु बजारबाट एक जना व्यवसायी पक्राउ परेका छन् । उनीहरुले एक सय ३० रुपैयाँ प्रतिकिलोमा प्याज विक्री गरेको पाइएको अनुगमन टोलीले जनाएकाे छ ।
काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले सुनिल केसीलाई बढी मूल्यमा प्याज विक्री गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो । केसीलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको जिम्मा लगाएको छ । केसीको पसलबाट दुई सय ४० बोरा प्याज समेत बरामद गरेको ।