Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ६ महिना थन्किएपछि चल्ने भए ‘टुरिस्ट बस’

    ६ महिना थन्किएपछि चल्ने भए ‘टुरिस्ट बस’


    • बुधवार, भाद्र ३१ २०७७

    • नेपाल वाइड


    ६ महिना थन्किएपछि चल्ने भए ‘टुरिस्ट बस’

           पर्यटक बस व्यवसायीहरुले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बससेवा सञ्चालन गर्ने तयारी थालेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा समेत पर्दै गएपछि गत चैत १० गतेदेखि बन्द रहेको पर्यटक बससेवा असोज १ गतेदेखि सञ्चालन गर्न पाउने सरकारको निर्णयसँगै व्यवसायीले उच्च स्वास्थ्य सुरक्षा अपनाएर बस सञ्चालनको तयारी थालेका हुन् ।

          टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिवान) का अध्यक्ष ईश्वर शर्माले पूर्ण रूपमा पर्यटकीय बस सुरक्षित भएको महसुस गराएर सेवा सञ्चालनको तयारी गरिएको जानकारी दिए । झन्‍डै ६ महिनादेखि ग्यारेजमा थन्किएर बसेका पर्यटक बसलाई मर्मत सम्भार गरेर सेवा प्रदान गर्न लागिएको हो ।

          “पर्यटक बस चढ्नुअगाडि यात्रुको शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक र यात्रुले मास्क र पञ्‍जा अनिवार्य रूपमा लगाउनुपर्ने, बसभित्र सेनिटाइज गर्नेजस्ता व्यवस्था गरेर मात्र सञ्चालन गर्न लागेका छौं,” उनले भने । सरकारले भनेअनुसार भाडा वृद्धि गरेर प्रत्येक सिटमा एक यात्रु मात्र राखेर सेवा प्रदान गर्न लागेको उनको भनाइ छ । 

    सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड-१९ का कारण स्थगित भएको थियो ।

    सम्बन्धित समाचार