Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको दिप्रुङमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने तयारी

    खोटाङको दिप्रुङमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने तयारी


    • बुधवार, भाद्र ३१ २०७७

    • नेपाल वाइड


    खोटाङको दिप्रुङमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने तयारी
    फायल तस्बिर

             खोटाङ । कोभिड–१९ को महामारीलाई लक्ष्यीत गर्दै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ । कोरोना भाइरसको संक्रमण दर फैलिरहेको अवस्थामा भयवह अवस्था आएमा नागरिकको सहज उपचार व्यवस्थापनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा स्वास्थ्यचौकीमा ५ शैयाको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने तयारी गरिएको हो ।

            बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले आगामी दशैंसम्ममा स्वास्थ्यचौकीको नयाँ भवनमा कोभिड–१९ सम्वन्धी अस्पताल सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

            अस्थायी कोभिड अस्पताल निर्माणका लागि संघीय सरकारले उपलव्ध गराएको १० लाख र गाउँपालिकाले अस्पताल व्यवस्थापनका लागि बिनियोजन गरेको ३५ लाख बजेटबाट कोभिड अस्पताल सञ्चालन गर्न लागिएको हो । अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि गाउँपालिकाले एक जना एमबिबिएस डाक्टर, २ जना स्टाफ नर्स, १ जना ल्याब असिस्टेन्ट र कार्यालय सहयोगी नियुक्त गर्ने तयारी गरेको छ ।

           दशैं र तिहार जस्ता चाडवाड नजिकीदै गरेको तथा असोज १ गतेदेखि सरकारले अन्तरजिल्ला यातायात सञ्चालन गर्न दिने निर्णय गरेसँगै समुदायस्तरमा कोरोना संक्रमण फैलने खतरा बढेकाले अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

            गाउँपालिकामा कोरोना संक्रमित भेटिएमा उपचारका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता अन्त्यका अस्थायी कोभिड अस्पतालको अवधारणा अघि सारिएको गाउँपालिकाले जनाएको छ । ‘काठमाण्डौंमा अत्यन्तै बढि संक्रमित भेटिइरहेको अवस्था छ । यही अवस्थामा संघीय सरकारले लामो दुरीका सवारी साधन खोल्ने निर्णय गर्‍याे ।

          काठमाण्डौं, भारत र तेश्रो मुलुकबाट आउने मान्छेलाई एउटै नजरले हेर्नुपर्ने हुन्छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘त्यसकारण संक्रमित क्षेत्रबाट आएका नागरिकलाई पिसिआर परिक्षण गर्दा संक्रमण देखियो भने उहाँहरुलाई बाहिर पठाउनुभन्दा आफ्नै ठाउँको आइसोलेसनमा राख्ने व्यवस्थाका लागि अस्पताल सञ्चालन गर्ने निर्णय गरिएको हो ।’
    कोभिड अस्पतालमा आवश्यक जनशक्ती नियुक्तीका लागि बिहीबार नै बिज्ञापन आव्हान गरिने गाउँपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार