Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भारतले राेक लगाएपछि नेपाली व्यापारीको प्याज जोगवनीमै अड्कियो

    भारतले राेक लगाएपछि नेपाली व्यापारीको प्याज जोगवनीमै अड्कियो


    • बिहिवार, आश्विन १ २०७७

    • नेपाल वाइड


    भारतले राेक लगाएपछि नेपाली व्यापारीको प्याज जोगवनीमै अड्कियो

            भारत सरकारले रोक लगाएपछि नेपाल ल्याउन खोजेको प्याज सीमापारी जोगवनी बजारमै अड्किएको छ । प्याज निर्यातमा रोक लगाएपछि त्यसको असर नेपाली बजारमा समेत पर्न थालेको हो । भारत सरकारले आन्तरिक खपतलाई परिपूर्ति गर्दै हाल बढ्दो मूल्य नियन्त्रण गर्नका लागि भारतले अन्य मुलुकमा प्याज निर्यातमा रोक लगाएको छ ।

            सोही क्रममा बुधबार विराटनगर भन्सार कार्यालयबाट प्याजले प्रवेश पाएको छैन । नेपाली व्यापारीले खरिद गरि ल्याएको प्याज भारतीय सीमा जोगबनीमा रोकिएको हो ।  विराटनगर गुद्रीस्थित आलु तथा प्याजका थोक विक्रेता पशुपति भगतका अनुसार करिब ७ ट्रक प्याज भारतीय भूमिमा प्रहरीले रोकेर राखेको बताए ।

           भारतको इन्दौरबाट आयात हुने प्याजमा एकाएक रोक लगाएपछि नेपाली ब्यापारीको करिब ३ करोड रुपैया बराबरको प्याज सीमापारी नै रोकिएको उनको भनाई छ । प्याजमा रोक लगाएसंगै नेपाली बजारमा त्यसको असर सुरु भएको छ । चारदिन अघिसम्म ७५ रुपैया प्रतिकिलो पाईने प्याजको मुल्य हाल १ सय रुपैया पुगेको छ ।

          अहिले ब्यापरीसंग भएको प्याजको मौज्दात हेर्दा विराटनगरमा एकसातासम्म प्याजको मुल्य प्रति किलोग्राम १ सय रुपैया भन्दा बढि नहुने भगत बताउँछन्। त्यसपछिको जिम्मेवारी ब्यपारीहरुले लिन नसक्ने आयातकर्ताहरुको भनाई छ । हाल भारतीय भूमिमा रोकिएको प्याज निकासी गर्नका लागि प्रशासनले पहल गरिदिनुपर्ने उनीहरुको माग छ ।

    सम्बन्धित समाचार