Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    राष्ट्रपतिद्वारा वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत

    राष्ट्रपतिद्वारा वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत


    • बिहिवार, आश्विन १ २०७७

    • नेपाल वाइड


    राष्ट्रपतिद्वारा वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत

           राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा रिक्त रहेको एक सदस्यमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत गरेकी छन् । राष्ट्रपति कार्यालय स्रोतले राष्ट्रपति भण्डारीले नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यका लागि मनोनीत गरेको जानकारी दिएको छ ।  

            प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार पठाएको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको स्रोतले बताएको छ । 

           भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । २०७४ सालको प्रतिनिधिसभा सदस्य चुनावमा गौतम बर्दियाबाट पराजित भएका गौतम पटक-पटकको प्रयासपछि  राष्ट्रियसभा सदस्य बन्‍न सफल भएका हुन् ।

    सम्बन्धित समाचार