बिहिवार, आश्विन १ २०७७
नेपाल वाइड
जन्तेढुंगा गाउँपालिकामा जफत गरिएको सामग्री नष्ट गर्दै जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी लगायत । तस्बिर सौजन्य:युवराज रोईला
खोटाङ । असोज १, खोटाङको जन्तेढुंगा गाउँपालिकाले म्याद गुज्रेका उपभोग्यवस्तु जफत गरेर नष्ट गरेको छ । नागरिकको स्वास्थ्यलाई ध्यान दिएर बुधबार गरिएको बजार अनुगमनकाक्रममा जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा फेला परेको म्याद गुज्रेका उपभोग्य सामग्री बिहिबार नष्ट गरिएको हो ।
गाउँपालिकाका उपाध्यक्ष एबं गाउँपालिका उपभोक्ताहित संरक्षण समितिका संयोजक विमला राई नेतृत्वको अनुगमन समितिले चिसापानीबजारका विष्ट किराना स्टोर एण्ड सप्लायर्सबाट २४ वटा लिची जुस, धन किराना पसलबाट २२० वटा लिची जुस, रेबिका स्टोरबाट ९७ वटा रेडबुल, विवेक किराना स्टोरबाट ९६ वटा लिच्ची जुस र राम किराना पसलबाट १६ वटा डाबर टुथपेस्ट जफत गरेको थियो ।
अनुगमन टोलीले निलम मेडिकल हलबाट रेनिटेडिन–१५० एमजीको २४ वटा ट्याब्लेट समेत बरामद गरेर उपभोग्यवस्तुसँगै नष्ट गरेको जनाएको छ । कोरोना महामारीकाबीच दशैं तिहारजस्ता चाडवाड नजिकिँदै गर्दा गाउँपालिकाले बजार अनुगमन गरेको हो ।