Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन कांग्रेसकाे सरकारसँग माग

    कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन कांग्रेसकाे सरकारसँग माग


    • बिहिवार, आश्विन १ २०७७

    • नेपाल वाइड


    कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन कांग्रेसकाे सरकारसँग माग
    सांकेतिक तस्बिर

             प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शंकास्पद मृत्यु भएका नागरिकको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले बिहीबार बेलुकी प्रेस विज्ञप्ति जारी गर्दै शंकास्पद मृत्यु भएका नागरिकको कोरोना परीक्षण नगर्ने निर्णय अबिलम्ब फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।

            “शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय अत्यन्तै गलत छ, तत्काल फिर्ता लिएर गहिरो विश्लेषण र गम्भीर सुझबुझका साथ मात्रै यस्ता संवेदनशील विषयमा निर्णयमा पुग्न नेपाली कांग्रेस सरकार र सम्बन्धित निकायलाई आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।  

          मृत्यु पछि मात्रै पीसीआर भनेर नागरिक स्तरबाट भएको आलोचना अन्त्य गर्न सरकारलाई पछिल्लो निर्णयले सघाए पनि जिम्मेवार राज्यले नागरिकको आलोचनाबाट जोगिने उपायको खोजीमा नभएर कोरोनाबाट नागरिकलाई जोगाउने रणनीतिको विकासमा आफूभित्र योग्यता र सक्षमताको खोजी गर्न आवश्यकता रहेको प्रवक्ता शर्माको भनाइ छ ।

    सम्बन्धित समाचार