Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    वामदेव गौतमले लिए राष्ट्रिय सभा सदस्यको सपथ

    वामदेव गौतमले लिए राष्ट्रिय सभा सदस्यको सपथ


    • बिहिवार, आश्विन १ २०७७

    • नेपाल वाइड


    वामदेव गौतमले लिए राष्ट्रिय सभा सदस्यको सपथ

    राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सिंहदरबारमा नेता वामदेव गौतमलाई सदस्यताको पद तथा गोपनीयताको शपथ गराउँदै । तस्वीर : रासस

            नेपाल कम्युनिष्ट पार्टी (नेकपा)उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएका छन् । गौतमलाई बिहीबार राष्ट्रिय सभा अध्यक्षका गणेश तिमल्सिनाले सिंहदरवारमा सपथ गराएका हुन् । गौतमले जनताका नाममा सपथ लिएका हुन् । 

             सपथ समारोहमा संक्षिप्त सम्बोधन गर्दै गौतमले अव आफ्नो कामकारवाही राष्ट्रिय सभामा केन्द्रीत हुने बताए । यस्तै उनले राष्ट्रियसभाको प्रतिष्ठा र गरिमा नगिराउने गरी काम गर्ने प्रतिवद्धता पनि जनाए । 
     
            कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, सुवास नेम्वाङ लगायतका नेता तथा सांसदहरु सहभागी भएका थिए । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो ।

    सम्बन्धित समाचार