Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    लघु फिल्म ‘रगत’

    लघु फिल्म ‘रगत’


    • बिहिवार, आश्विन १ २०७७

    • नेपाल वाइड


    लघु फिल्म ‘रगत’

              हरेक वर्ष डिभी भरेर अमेरिका पुग्ने सपना देख्नेहरु धेरै छन् । तर, एक युवा डिभी परेपनि अमेरिका नगई देशको सेवा गर्न नेपाली सेनामा भर्ती हुन जान्छ । यहि कथामा बनेको लघु फिल्म ‘रगत’ सार्वजनिक भएको छ । 

             सञ्चारकर्मी पुरुषोत्तम बस्नेतको लेखन तथा निर्देशन रहेको फिल्ममा रवि कार्की, मुना नेपाल, संगिता बस्याल, डिबी घिमिरे, शिवराज बस्नेत, अञ्जु हमाल, राजु श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

            फिल्ममा संकल भुजेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन र विक्रम कार्कीले पाश्र्व संगीत रहेको छ । फिल्म ‘रगत’ ले नेपाली सेनाको लघु फिल्म प्रतियोगिता २०७६ मा दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । 

     नेपाली सेनाले गरेको काम र नेपाली सेनाप्रति आमनागरिकको सकारात्मक सोच विकास गर्न फिल्म बनाएको निर्देशक बस्नेतले बताए ।

    सम्बन्धित समाचार