बिहिवार, आश्विन १ २०७७
नेपाल वाइड
सरकारले बंगलादेशबाट युरिया मल ल्याउन प्रकृया सुरु गरेको छ । धानका लागि युरिया मलको अभाव भएपछि कृषि मन्त्रालयले बंगलादेश सरकारसँग ५० हजार टन युरिया मल सहयोग अथवा साप्टी दिन आग्रह गरेको थियो । सोही आग्रह वमोजिम त्यहाँका सरकारले साप्टीको रुपमा मल दिने तयार भएपछि सरकारले सो मल ल्याउन कृषि मन्त्रालयलाई प्रकृया सुरु गर्न अधिकार दिएको छ ।
नेपाल सरकारले बंगलादेशबाट मल ल्याएको आठ महिनाभित्र फिर्ता गर्नुपर्ने हुन्छ । कृषि मन्त्रालयका अनुसार भोलिदेखि कृषि सामाग्री कम्पनी लिमिटेडले मल ल्याउने प्रकृया शुरु गर्नेछ । आपूर्तीका लागि बोलपत्र आह्वान गर्नेछ । एक हप्ताभित्र आपूर्तीकर्ता कम्पनी छनौट गरी मल ल्याउने क्रम सुरु गर्ने बताइएको छ ।
कृषि सामाग्री कम्पनी लिमिटेडसँग २५–२५ हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्ने ठेक्का लिएका शैलुङ इन्टरप्राइजेज प्रा.लि ललितपुर र होनिको मल्टिपल प्रा.लि ले समयमा मल आपूर्ती नगरेको कारण मलको हाहकार छ । त्यो हाहाकारका लागि कम गर्न सरकारले बंगलादेशबाट मल माग गरेको थियो । तर त्यो मल धानका लागि काम नलाग्ने भएको छ । यो युरिय मल गहुँ तथा तरकारी बालीका लागि प्रयोग हुने बताइएको छ ।