बिहिवार, आश्विन १ २०७७
नेपाल वाइड
कुर्था-जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि नेपालले किनेको रेल सेट शुक्रबार नेपाल आईपुग्ने भएको छ । कुर्था-जनकपुरधाम-जयनगरसम्म गुडाउनका लागि दुई सेट रेल तथा चार सेट इन्जिन ल्याइने भएको हो ।
नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार पारिएका ती दुबै रेल सेट सक्दो छिटो नेपाल ल्याउने तयारी भइरहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । रेलको दुबै सेट तथा चार वटा इन्जिन बिहारको हाजीपुर स्टेशनमा राखिएको मिश्रले बताए ।
रेल विभागले कुर्था-जनकपुरधाम-जयनगरसम्म रेल गुडाउनका लागि एक अर्बको लागतमा रेलको सेट तथा इन्जिनहरु खरिद गरेको छ । रेल सेटको निर्माण भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक कम्पनीले गरेको हो । ती रेल सेटहरुको आपूर्ति कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेडले गर्न लागेको हो ।