शुक्रवार, आश्विन २ २०७७
नेपाल वाइड
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा तरुण दलले सांगठनिक एबं समसामयीक विषयमा अन्तरक्रीया गरेको छ । तरुण दल वडा समितिले समाजमा भएका समस्या, विकास निर्माण एबं संगठन सुढृडिकरणका विषयमा अन्तरक्रीया गरेको हो ।
कार्यक्रममा सहभागी युवाले उठाएका सवालका बारेमा कांग्रेसका जिल्ला सदस्य एबं वडाध्यक्ष सन्तोष खत्रीले जवाफ दिएका थिए । कार्यक्रम तरुण दलका वडा सभापति उसप राईको अध्यक्षता, कांग्रेसका जिल्ला सदस्य एबं वडाध्यक्ष खत्रीको प्रमुख आतिथ्यता एबं कांग्रेसका वडा सभापति कमलराज रेग्मीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा राजापानीका २० युवा कांग्रेस प्रवेश गरेको तरुण दलका वडा सदस्य दिनेश बुढाथोकीले बताए ।