शुक्रवार, आश्विन २ २०७७
नेपाल वाइड
संविधान दिवसमा जिल्ला समन्वय समिति परिषरमा गरिएको दिपावली
खोटाङ । असोज २, संविधान दिवसको अवशरमा जिल्ला समन्वय समिति खोटाङले दिप प्रज्वलन गरेको छ । संविधान दिवसको अवशरमा जिल्ला समन्वय समितिले शुक्रबार साँझ दिप प्रज्वलन गरेको हो ।
संविधान दिवसको अवशरमा कार्यालयमा तीन दिनसम्म दिपावली गरिने जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए । कोरोना कहरका कारण यसपल्ट औपचारिक रुपमा संविधान दिवस मनाउन औपचारिक कार्यक्रम सार्वजनिक गरिएको छैन । ‘अघिल्लो वर्षजस्तो संविधान दिवस मनाउन केही निर्देशन आएको छैन,’ जिसस प्रमुख चाम्लिङले भने, ‘आफ्नै तरिकाले तीन दिनसम्म दिप प्रज्वलन गरेर संविधान दिवस मनाउने छौँ ।’