Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    प्रहरीले भेटेको पैसा सम्वन्धित व्यक्तीलाई फिर्ता गरे

    प्रहरीले भेटेको पैसा सम्वन्धित व्यक्तीलाई फिर्ता गरे


    • शुक्रवार, आश्विन २ २०७७

    • नेपाल वाइड


    प्रहरीले भेटेको पैसा सम्वन्धित व्यक्तीलाई फिर्ता गरे

            भेटेको पैसा सम्वन्धित व्यक्तीलाई फिर्ता गर्दै प्रहरी जवान

           खोटाङ । असोज २, खोटाङमा प्रहरीले भेटेको पैसा सम्वन्धित व्यक्तीलाई फिर्ता दिएको छ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका सुमन राईले दुई हप्ता अघि हराएको पैसा प्रहरीले भेटेर फिर्ता दिएको हो ।

          प्रहरीको गस्ती टोलीले भदौ १५ गते दिक्तेलबजारको त्रिबेणीचोकमा भेटेको १५ हजार ४२० रुपैयाँ रकम शुक्रबार सम्वन्धित व्यक्तीलाई फिर्ता दिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए ।

           पैसा हराएका राईले दिक्तेलमा आएर ‘पैसा हराएको’ कुरापछि र प्रहरीले भेट्टाएको जानकारी पाएपछि उनी जिल्ला प्रहरी कार्यालय पुगेका थिए । कुराकानीकाक्रममा गस्ती प्रहरीले भेटेको पैसा आफ्नै भएको आधार पेश गरेपछि उनलाई पैसा फिर्ता दिइएको प्रहरीले जनाएको छ । प्रहरीको गस्ती टोलीले भेटेको पैसा जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए ।

     

    सम्बन्धित समाचार