शनिवार, आश्विन ३ २०७७
नेपाल वाइड
खोटाङ । अशोज, ३ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिणादेबी राई प्रवल जनसेवा श्री (चतुर्थ)बाट बिभुषित हुनुभएकाे छ । संविधान दिवसको अवशरमा शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले उपमेयर राईलाई प्रवल जनसेवा श्री (चतुर्थ) बाट बिभुषित गर्ने घोषणा गरेको हो ।
चार जना उपमेयरमध्ये उपमेयर राई प्रवल जनसेवा श्री (चतुर्थ)बाट विभुषित गिरने भएकाे राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञाप्तीमा उल्लेख छ । संविधान दिवसको अवशरमा सरकारले ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने जनाएको छ ।
सरकारले ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गर्ने घोषणा गरेकाे छ । सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)बाट आँखाका वरिष्ठ डा. सन्दुक रुइतलाई सम्मान गरिने जनाएको छ ।
त्यस्तै अख्तियार दुरपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त नविनकुमार घिमिरेलाई पनि प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय) बाट सम्मान गरिने जनाएको छ ।