Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    संविधान संशोधन गर्न जनता समाजवादी पार्टीको माग

    संविधान संशोधन गर्न जनता समाजवादी पार्टीको माग


    • आइतवार, आश्विन ४ २०७७

    • नेपाल वाइड


    संविधान संशोधन गर्न जनता समाजवादी पार्टीको माग

            खोटाङ । असोज ३ जनता समाजवादी पार्टी खोटाङले संविधान संशोधनको माग गरेको छ । संविधान दिवस मनाइरहँदा जनता समाजवादी पार्टीले शनिबार विज्ञाप्ती जारी गर्दै मधेसी, आदिवासी जनजाती, दलित/सिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायका साथै उत्पीडित जात/जाती एबं समुदायले उठाउँदै आएको राष्ट्रिय मुद्धालाई सम्बोधन गर्न नसकेको भन्दै संविधान संशोधनको माग गरेको हो ।

         जनता समाजवादी पार्टीका अध्यक्ष टंक थापाले जारी गरेको विज्ञाप्तीमा संविधानमा संघीयता, समावेसी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेसीकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधानहरु राखिएकाले संविधान संशोधनको आवाज उठाउनु परेको जनाइएको छ ।

          जनआन्दोलन, जनयुद्ध, ऐतिहासिक मधेश जनविद्रोह, आदिवासी जनजाती लगायतका आन्दोलनको बेला सरकारसँग भएका सम्झौता, अन्तरिम संविधानमा भएका प्रावधान, पहिलो संविधानसभामा सर्वसम्मत भइसकेका विषय तथा जनताको अभिमतलाई समेत अनादर र उपेक्षा गर्दै जनतामाथि दमन गरेर विभेदकारी, अधुरो, अपुरो र त्रुटीपूर्ण संविधान जारी गरिएको जनता समाजवादी पार्टीले जनाएको छ ।

    सम्बन्धित समाचार