आइतवार, आश्विन ४ २०७७
नेपाल वाइड
सांकेतिक तस्विर
धादिङ : पेट्रोल बोकेको ट्याङ्कर गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ । वीरगञ्जबाट काठमाडौं जादै गरेको ना.४ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर धादिङको गल्छी गाउँपालिका ६, चरौंदीबाट गएराति त्रिशूली नदीमा खसेको हो । ट्याङकरमा आगलागी भएको छ ।
चालक र सह-चालक भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।