Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेकपाको सचिवालय बैठक आज पहिलो पटक पेरिसडाँडामा, मन्त्रीहरू हेरफेरको विषयमा छलफल

    नेकपाको सचिवालय बैठक आज पहिलो पटक पेरिसडाँडामा, मन्त्रीहरू हेरफेरको विषयमा छलफल


    • आइतवार, आश्विन ४ २०७७

    • नेपाल वाइड


    नेकपाको सचिवालय बैठक आज पहिलो पटक पेरिसडाँडामा, मन्त्रीहरू हेरफेरको विषयमा छलफल

             काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पहिलो पटक पेरिसडाँडामा बसेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि उनले पहिलो पटक आफ्नो पूर्वपार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएका हुन् ।

           बालुवाटारबाहिर भएको पार्टी सचिवालय बैठकमा पहिलो पटक प्रधानमन्त्रीसमेत रहेका एक नम्बर अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् । बिहान ११ बजेदेखि जारी बैठकमा पहिलो पटक  पार्टीको आन्तरिक शक्ति समीकरण मिलाउन मन्त्रीहरू हेरफेरको विषयमा छलफल रहेको एक नेताले जानकारी दिए ।

           बैठकले उपयुक्त मापदण्ड निर्माण, केन्द्रीय र प्रदेशस्तरीय मन्त्रीहरू हेरफेरको सूची तयार पार्न जिम्मेवारी दिन पनि सक्ने प्रचण्ड निकट नेताले बताएका छन् । यस अतिरिक्त आगामी चैतमा गर्ने भनिएको महाधिवेशनका लागि पार्टीको सांगठनिक एकताको बाँकी काम टुंग्याउने विषय पनि छलफलमा रहेको बताइएको छ ।

           २६ भदौको स्थायी कमिटी बैठकले दाहाल र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यविभाजन र कार्याधिकार स्पष्ट पारेको थियो ।उक्त बैठकले अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागतपमा अघि बढाउन समन्वय गर्ने उल्लेख गरिएकाले यिनै विषयलाई केन्द्रमा राखेर छलफलको तयारी गरिएको छ ।

    सम्बन्धित समाचार