Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    सबै विमानस्थलमा उडान

    साेमबारबाट आन्तरिक हवाई सेवा पुनः नियमित हुँदै

    साेमबारबाट आन्तरिक हवाई सेवा पुनः नियमित हुँदै


    • आइतवार, आश्विन ४ २०७७

    • नेपाल वाइड


    साेमबारबाट आन्तरिक हवाई सेवा पुनः नियमित हुँदै

                       फाइल तस्बिर ।

            काठमाडौं । भोलि साेमबारबाट आन्तरिक हवाई सेवा पुनः नियमित हुँदै छ । व्यवसायीहरुले टिकट बुकिङ गरिरहेका छन् । सरकारले आइतबार सिट क्षमता अनुसारै हवाई सेवा नियमित गर्न अनुमति दिएको थियो । यसअघि मन्‍त्रिपरिषद्‍ले ५० प्रतिशत क्षमतामा उडान गर्न खुला गरेको थियो । ६ महिनापछि आन्तरिक हवाई सेवा पुनः शुरु हुन लागेकाे हाे । 

            तर, निजी वायुसेवा सञ्‍चालकहरुले ५० प्रतिशत क्षमतामा उडान गर्न नसक्ने भन्दै उडान सुरु गरेका थिएनन् । सरकारले कोरोना महामारी सुरु भएसँगै गत चैत ११ गतेदेखि आन्तरिक उडान सेवा रोकेको थियो ।

           मन्त्रालयले देशभर रहेका सबै विमानस्थलमा उडान गर्न पनि अनुमति दिएको छ । तर, ९ दिनसम्म एउटा कम्पनीको २५ प्रतिशत मात्रै उडान स्वीकृत हुनेछ । वायुसेवा संस्थाले लकडाउनअगाडि ओगटेको बजार हिस्साका आधारमा २५ प्रतिशत उडान तालिका स्वीकृत हुनेछ । 

          लकडाउनअगाडि एउटा कम्पनीले दैनिक तीन उडान गर्थ्यो भने अहिले एक उडान, १० उडान गर्थ्यो भने तीन उडान पाउनेछ । लकडाउनअगाडि कुनै कम्पनीले एउटा उडान मात्रै गर्थ्यो भने उसले पनि एक उडान पाउने नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देश एवं प्रवक्ता राजकुमार क्षेत्री जानकारी दिए । 

          आन्तरिक हवाई यात्राका लागि यात्रुहरुले बोर्डिङ पास लिनुअगाडि हेल्थ डिक्लरेसन फाराम भर्नुपर्ने हुन्छ । त्यस्तो फाराम भरेर यात्रुले सम्बन्धित एयरलाइन्स कम्पनीलाई बुझाउनुपर्नेछ । सबै यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने छ । सरकारले व्यवसायीहरुको मागअनुसारै सिट क्षमतामा उडान गर्न अनुमति दिएपछि भाडा नबढ्ने भएको छ । 

     

    सम्बन्धित समाचार