Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

    नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल


    • आइतवार, आश्विन ४ २०७७

    • नेपाल वाइड


    नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

           सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको छ । आइतवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

           मन्त्रिपरिषद्को पुर्नगठन स्थायी कमिटिको निर्णयअनुसार गर्ने निर्णय भएको छ, नीतिगत रुपमा पुनर्गठनका विषयमा सुझाव दिइएको छ,’ उनले भने । यस्तै स्थायी कमिटी र केन्द्रीय कमिटीमा रिक्त रहेको स्थानमा पदपूर्ति, कारबाहीका विषयमा छलफल, केन्द्रीय समितिका छलफललाई निरन्तरता दिने विषयमा समेत छलफल भएको प्रवक्ता श्रेष्ठले बताए ।

        प्रवक्ता श्रेष्ठले नामका सन्दर्भमा आज कुनै छलफल नभएको पनि बताए । नेकपा सचिवालय बैठक भोलि फेरि बस्ने गरी सकिएको छ ।

    सम्बन्धित समाचार