Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    राजस्व छली गर्नेहरू विरुद्ध अदालतमा मुद्दा दायर

    राजस्व छली गर्नेहरू विरुद्ध अदालतमा मुद्दा दायर


    • मंगलवार, आश्विन ६ २०७७

    • नेपाल वाइड


    राजस्व छली गर्नेहरू  विरुद्ध अदालतमा मुद्दा दायर

             नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले विभिन्‍न कम्पनीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । नक्कली भ्याटबिल प्रयोग गरी ३६ करोड ८८ लाख रुपैयाँबराबर राजस्व चुहावट गरेकाले ती कम्पनीहरुविरुद्ध मुद्दा उच्च अदालत पाटनमा दायर गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

           विभागले नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व चुहावट गरेको अभियोगमा चितवनको भरतपुर महानगरपालिका २ स्थित सन्तोषी निर्माण सेवाका सञ्चालक केशवराज कँडेललगायत तीन जनामाथि ६ करोड २२ लाख ७४ हजार २ सय २८ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको छ ।

         त्यस्तै, ललितपुर महानगरपालिका १३ स्थित स्काइलाइन ट्रेडर्स एन्ड सप्लायर्सका प्रोप्राइटर वीरेन्द्रकुमार चौधरी, यति इन्टरनेसनलका प्रोप्राइटर उषाकुमारी चौधरी र रिवाज इन्टरनेसनलका सञ्‍चालक हर्ष चौधरीले ५ करोड ८ लाख ९४ हजार २ सय १६ रुपैयाँ, काठमाडौं महानगरपालिका ३२ स्थित बिग प्लान सप्लायर्स तथा बिग प्लान ब्‍याग उद्योग, भक्तपुरस्थित एपी ट्रेड एन्‍ड सप्लायर्स र बनेपास्थित सम्मानित ट्रेड कन्सर्नका सञ्चालक तथा मुख्य कारोबारी रामप्रसाद चौलागाईंलगायत तीन जनालाई २५ करोड ५७ लाख ९७ हजार ६८ रुपैयाँबराबर राजस्व छली गरेको आरोपमा मुद्दा दायर गरेको छ।

    सम्बन्धित समाचार