Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कोरोना कहर

    कोरोना कहरमा कार्यकर्ता तानातान अति भो : उपमेयर बिमला राई 

    कोरोना कहरमा कार्यकर्ता तानातान अति भो : उपमेयर बिमला राई 


    • मंगलवार, आश्विन ६ २०७७

    • नेपाल वाइड


    कोरोना कहरमा कार्यकर्ता तानातान अति भो : उपमेयर बिमला राई 

            कार्यक्रममा बोल्दै हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राई 

           खोटाङ । असोज ६, ‘अहिले भरपुर चुनाव आएजस्तो हुन्छ । म आफै पनि त्यही कुरामा होमिएको छु । यसले सायद राजनैतिक परिवर्तन संख्यामा त होला तर बिचारमा हुँदैन ।’ यो भनाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईको हो । ४१ औं सामाजिक सेवा दिवसको अवशरमा गैर–सरकारी संस्था महासंघले मंगलबार दिक्तेलमा आयोजना गरेको ‘कार्यपत्र प्रस्तुत तथा अन्तरक्रीया’ कार्यक्रममा आफ्नो धारणा राख्दै उपमेयर राईले कोरोनाको महामारीकाबीचमा जिल्लामा राजनैतिक दलबीचमा कार्यकर्ता तानातान गर्ने होडबाजी चलेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

           उपमेयर राईले विकास निर्माणको प्रतिष्पर्धा गर्नका लागि जिल्लामा क्रियासिल राजनैतिक दललाई आग्रह गरेकी छन् । जिल्लामा केही समय यता कोरोना संक्रमण फैलिरहेकै समयमा कार्यकर्ता तानातान गर्ने होड चलेकोबेला उपमयेर राईको यस्तो अभिव्यक्ती आएको हो । ‘राजनितीको नाममा कार्यकर्ता तानातान गरिरहेको मात्र देखिन्छ ।

          हामीले बिकास दिन नसकेका हौं की, हामी आफै रुपान्तरित हुन नसकेको हो की । अहिले भरपुर चुनाव आएजस्तो हुन्छ । म आफै पनि त्यही कुरामा होमिएको छु । यसले सायद राजनैतिक परिवर्तन संख्यामा त होला तर बिचारमा हुन्छ की हुँदैन,’ उपमेयर राईले भनिन्, ‘जनतामाझ हामीले कति भ्रमहरु सिर्जना गरेका छौँ । त्यो कुरा अहिले फर्केर हेर्दा कता–कता आफैलाई लाज लाग्छ ।

          जिल्लामा राजनैतिक प्रतिष्पर्धा हुनुपर्छ, म मान्छु । तर अव विकास निर्माणको प्रतिष्पर्धा गरौं ।’ उपमेयर राईले जिल्लाबाट निर्वाचित संघीय तथा प्रदेश सांसदलाई कार्यकर्ता तानातानमा भन्दा स्थानीय सरकारलाई सहयोग गर्न र घचघच्याउनका लागि ध्यान दिन आग्रह गरिन् ।

     

    सम्बन्धित समाचार