Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    विद्यालयलाई वडा कार्यालयको ल्यापटप र प्रिन्टर

    विद्यालयलाई वडा कार्यालयको ल्यापटप र प्रिन्टर


    • बिहिवार, आश्विन ८ २०७७

    • नेपाल वाइड


    विद्यालयलाई वडा कार्यालयको ल्यापटप र प्रिन्टर

        विद्यालयलाई ल्यापटप र प्रिन्टर प्रदान गर्दै बाम्राङका वडाध्यक्ष ललितकुमार राई ।

            खोटाङ । असोज ८– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका विद्यालयलाई ल्यापटप र प्रिन्टर प्रदान गरिएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने लक्ष्यकासाथ वडा कार्यालयले चार वटा प्राबिलाई एक वटा ल्यापटप र एक वटा प्रिन्टर प्रदान गरेको हो ।

           गत वर्ष वडामा रहेका एक वटा माबि र एक वटा आधारभुत विद्यालयलाई चार लाख बराबरको ल्यापटप, प्रिन्टर, प्रोजेक्टर लगायत प्रदान गरेको वडा कार्यालयले यसपल्ट बाँकी चार वटा प्राबिलाई ल्यापटप र प्रिन्टर प्रदान गरेको हो ।

           वडाका विद्यालयमा कार्यरत प्रअ र शिक्षकलाई कम्यूटर सञ्चालन सम्वन्धी एक महिने आधारभुत तालिम दिएको केही समयपछि बाँकी रहेका प्राबिलाई दुई लाखको ल्यापटप र प्रिन्टर प्रदान गरिएको वडाध्यक्ष ललितकुमार राईले बताए । बुधबार आयोजित कार्यक्रममा वडाध्यक्ष राईले प्राबिका प्रअलाई ल्यापटप र प्रिन्टर हस्तान्तरण गरेका छन् ।

            आवश्यक परे प्राविलाई पनि प्रोजेक्टर प्रदान गरिने वडाध्यक्ष राईले बताए । ‘गत वर्ष माबि र आधारभुत विद्यालयलाई ल्यापटप, प्रिन्टर, प्रोजेक्टर प्रदान गरिएको थियो, यसपल्ट प्राबिलाई प्रदान गरिएको हो,’ वडाध्यक्ष राईले भने, ‘कोरोना महामारीकैबीचमा प्रअ र शिक्षकलाई सहभागी गराएर वेसिक कम्यूटर तालिम चलायौं । विद्यालयको कामकाजलाई प्रविधिमैत्री बनाउने हाम्रो लक्ष्य हो ।’

     

    सम्बन्धित समाचार