Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ऐसेलुखर्क रिब्दुङ महेश्वरीको वनगाँउमा केन्द्रिय विद्युत विस्तार

    ऐसेलुखर्क रिब्दुङ महेश्वरीको वनगाँउमा केन्द्रिय विद्युत विस्तार


    • शुक्रवार, आश्विन ९ २०७७

    • नेपाल वाइड


    ऐसेलुखर्क रिब्दुङ महेश्वरीको वनगाँउमा केन्द्रिय विद्युत विस्तार

           रिब्दुङ महेश्वरीको वनगाउँमा ट्रान्सफर्मरमा रिवन काटेर विद्युत उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई ।

           खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–५ रिब्दुङ महेश्वरीको वनगाउँमा विद्युत विस्तार गरिएको छ । नेपाल विद्युत प्राधिकरणको बजेटमा वनगाउँमा केन्द्रिय प्रशारणलाईन अन्तरगतको विद्युत पुर्‍याइएको हो ।

          वडा–वडामा विद्युत विस्तार गर्नेक्रममा वनगाउँमा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले ट्रान्सफर्मरमा बत्ती बालेर विद्युत उद्घाटन गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा प्राधिकरणले विनियोजन गरेको ५५ लाख ४६ हजारमा बनगाउँमा केन्द्रिय प्रशारणलाईन बिस्तार गरिएको हो । हाल बनगाउँका ३५ घरमा वायरिङ गरेर विद्युत छाड्ने तयारी पुरा भएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।

    Bissonatha.jpg

     

            रिब्दुङ महेश्वरीको वनगाउँमा विद्युत उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै ऐशेलुखर्क गाँउपालिका अध्यक्ष विश्वनाथ निरौला

            साविकको रिब्दुङ महेश्वरी–८ र ९ का ९२ घरधुरीमा विद्युत बाल्ने तयारी भइरहेको छ । साविकको रिब्दुङ महेश्वरी–३, ४, ५, ६ र ७ मा स्थानीय सरकार कार्यान्वयनमा आउन अगाडि नै विद्युत विस्तार भइसकेको थियो । त्यी वडामा सामुदायीक विद्युतीकरण अन्तरगत दुबेकोलबाट विद्युत पुर्‍याइएको हो । साविकको रिब्दुङ महेश्वरी–१ र २ मा पनि अझै विद्युत विस्तार गर्न बाँकी छ । विद्युत उद्घाटनकाक्रममा पुर्वसभाषद दुर्गाजयन्ती राई, ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष निरौला, रावबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला, ऐसेलुखर्क गाउँपालिकाका उपाध्यक्ष पुष्पकला भुजेल लगायत बनगाउँ पुगेका थिए ।

    Lilanatha.jpg

          रिब्दुङ महेश्वरीको वनगाउँमा विद्युत उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै रावावेशी गाँउपालिका अध्यक्ष लिलानाथ निरौला

           स्थानीय तह कार्यान्वयनमा आएपछि ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे र ऐसेलुखर्क गाउँपालिका–७ माक्पामा विद्युत बिस्तार भइसकेको छ । हाल ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा साविकको ऐसेलुखर्क–१, २, ३, ४ र ५ विद्युत बिस्तार गर्ने तयारी भइरहेको छ । यस्तै, साविकको ऐसेलुखर्क–६, ७, ८ र ९ मा पनि विद्युतीकरणको काम भइरहेको छ । तर, विद्युतीय सामग्री अभाव भएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । हालसम्म ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेल, ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोल र ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा हालसम्म विद्युत पुग्न बाँकी रहेको जनाइएको छ ।

     

    सम्बन्धित समाचार