Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मकवानपुरमा शनिबार एकैदिन ७ जनाको मृत्यु

    मकवानपुरमा शनिबार एकैदिन ७ जनाको मृत्यु


    • शनिवार, आश्विन १० २०७७

    • नेपाल वाइड


    मकवानपुरमा शनिबार एकैदिन ७ जनाको मृत्यु
    सांकेतिक तस्बिर

           मकवानपुरमा आजै खोलाले बगाउँदा विभिन्न स्थानमा तीन जनाको ज्यान गएको छ भने दुई फरकफरक स्थानमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

          मकवानपुरको कैलाशमा खोलाले बगाउँदा ३८ वर्षीय धावा स्याङ्तान, भीमफेदीमा राप्ती खोलाले बगाउँदा वीरगञ्ज घरभई हेटौंडा बस्ने १८ वर्षीया किशोरी प्रियका सोनी र हेटौंडा १९ को ज्यामिरे खोलालले बगाउँदा पहिचान नखुलेकी अन्दाजी ४०/४५ वर्षकी एक महिलाको ज्यान गएको हो । 

         आजै मकवानपुरको मकवानपुरगढी दरबार नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको र पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी–९ खरङ्गामा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा अर्का एक जनाको मृत्यु भएको छ । 

         दुर्घटनामा ४६ वर्षीय भरत पुडासैनी र मनहरी दुर्घटनामा बारा रतनपरीका सूर्य स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार दुवै घटनामा दुई जना गम्भीर घाइते भएका छन् । रासस

    सम्बन्धित समाचार