Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आजबाट मौषममा सुधार हुदै, सक्रिय मनसुन एकसाता रहने

    आजबाट मौषममा सुधार हुदै, सक्रिय मनसुन एकसाता रहने


    • आइतवार, आश्विन ११ २०७७

    • नेपाल वाइड


    आजबाट मौषममा सुधार हुदै, सक्रिय मनसुन एकसाता रहने

              केही दिनदेखि निरन्तर परेको झरी आजबाट रोकिने भएको छ । प्रदेश नं. १ मा आज झरी परे पनि भोलिबाट क्रमशः मौसम सफा हुँदै जाने भएको छ । “प्रदेश नं. १ मा हिजो पनि भारी वर्षा भयो । आज पनि झरी पर्ने छ । अन्य प्रदेशबाट सकिँदै गएर प्रदेश नं. १ मा मात्रै बाँकी रहेको झरी आज पनि रहने छ,” जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले भने, “न्यून चापीय प्रणालीका कारण भइरहेको निरन्तरको वर्षा भने आजबाट प्रदेश नं. १ मा पनि अन्त्य हुने छ ।”  उनका अनुसार झरी अन्त्य भए पनि सक्रिय मनसुन अन्त्य हुन भने अझै एक साता लाग्ने छ ।  

           मान्यतः सेप्टम्बर २३ मा नेपालमा मनसुन अन्त्य हने भए पनि यो वर्ष मनसुन केही लम्बिएको छ । विभागका अनुसार अझै एक साता मनसुन सक्रिय रहने छ । “सामान्य अवस्थामा सेप्टेम्बर २३ मा मनसुन सक्रिय हुन्छ भन्ने हो । तर यो पटक अझै केही समय मनसुन सक्रिय नै हुने देखियो,” मौसमविद् गंगा नगरकोटी भन्छिन्, “मनसुन अझै एक सातासम्म जारी रहने छ ।”

            ३० वर्षको सक्रिय मनसुनको अवधीका आधारमा औषतमा नेपालमा सेप्टेम्बर २३ सम्म मनसुन सक्रिय रहन्छ भन्ने तथ्यांक निकालिएको हो । तर पछिल्लो ५ वर्षको तथ्यांक अनुसार मनसुन केही साता पछिसम्म सक्रिय रहेको देखिन्छ । यसैबीच, आज दिउँसो प्रदेश नं १ का केही स्थानमा भारी वर्षाका सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा भने साँझ पख हल्का वर्षाको सम्भावना रहेको श्रेष्ठले जानकारी दिए । 

         प्रदेश नं. १, प्रदेश नं. २, वागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही केही स्थानमा मेगगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । आज राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा तथा बाँकी प्रदेशमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ विभागले जनाएको छ ।

    सम्बन्धित समाचार