Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ताप्लेजुङमा गुडिरहेको ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु

    ताप्लेजुङमा गुडिरहेको ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु


    • आइतवार, आश्विन ११ २०७७

    • नेपाल वाइड


    ताप्लेजुङमा गुडिरहेको ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु
    सांकेतिक तस्बिर

            ताप्लेजुङ । ताप्लेजुङमा गुडिरहेको ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–७ बहानन्दे सडकखण्डमा  सोही ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको आज मृत्यु भएको हो । 

         डेविट खिम्दिङ निर्माण कम्पनीको नाममा रहेको ना ६ त ३००० नम्बरको ट्र्याक्टरबाट खसेका ओख्राबुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्र्याक्टर काबेलीबाट बालुवा बोकेर सदरमुकामतर्फ आइरहेको थियो । चालक फरार छन् भने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

    सम्बन्धित समाचार