Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अस्थायी कोभिड अस्पताल सञ्चालन गर्दै रावाबेँसी गाउँपालिका

    अस्थायी कोभिड अस्पताल सञ्चालन गर्दै रावाबेँसी गाउँपालिका


    • आइतवार, आश्विन ११ २०७७

    • नेपाल वाइड


    अस्थायी कोभिड अस्पताल सञ्चालन गर्दै रावाबेँसी गाउँपालिका
    रावाबेँसी गाउँपालिका खोटाङ

                        रावाबेँसी गाउँपालिका 

           खोटाङ । असोज ११, कोभिड–१९ को संक्रमण दर बढिरहेका समयमा खोटाङका स्थानीय तह अस्थायी कोभिड अस्पताल (आइसोलेसन) स्थापनामा जुटेका छन् । दिनानुदिन संक्रमितको संख्या बढिरहेको अवस्थामा जिल्लाका स्थानीय तह संघीय सरकारको सहयोगमा ५/५ बेडको अस्थायी कोभिड अस्पताल निर्माणमा जुटेको हो ।

           दिप्रुङ चुईचुम्मा गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने र सोको लागि आवश्यक जनशक्तीका लागि आवेदन आव्हान गरिसकेको अवस्थामा रावाबेँसी गाउँपालिकाले पनि अस्थायी कोभिड अस्पताल स्थापनाको तयारी गरेको छ ।
    रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको हरमटार (गाउँपालिकाको केन्द्र)मा निर्माण गरिएको कर्मचारी आवासगृहमा अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी गरिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए ।

           एक जना एमविविएस मेडिकल अधिकृत, एक जना स्टाफ नर्स र एक जना सहयोगी नियुक्तीका लागि गाउँपालिकाले असोज ९ गते १५ दिनको आवेदन खुलाएको छ । संघीय सरकारले उपलव्ध गराएको १० लाखमा अपुग रकम गाउँपालिकाले व्यवस्था गरेर अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी थालिएको हो ।

           संक्रमण दर बढेको अवस्थामा संक्रमितलाई गाउँपालिकामै आइसोलेसनमा राखेर उपचार गर्न अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । यातायात खुलेपछि दशैं तिहारकाबेला संक्रमण दर बढ्ने खतरालाई मध्यनजर गर्दै हाल अधिकांश स्थानीय तहमा अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी भइरहेको छ ।

    सम्बन्धित समाचार