Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मापदण्ड पुरा गरि व्यवसाय सञ्चालन गर्न पाउँ : शैलुन व्यवसायी

    मापदण्ड पुरा गरि व्यवसाय सञ्चालन गर्न पाउँ : शैलुन व्यवसायी


    • आइतवार, आश्विन ११ २०७७

    • नेपाल वाइड


    मापदण्ड पुरा गरि व्यवसाय सञ्चालन गर्न पाउँ : शैलुन व्यवसायी

    व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने मागमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई ज्ञापन–पत्र बुझाउँदै शैलुन व्यवसायी

           खोटाङ । असार ११, खोटाङका शैलुन व्यवसायीले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरेका छन् । कोरोना कहरका कारण बिगत ६ महिनादेखिे व्यवसाय बन्द हुँदा आफुहरु मारमा परेको भन्दै शैलुन व्यवसायीले स्वास्थ्य सुरक्षामा सम्पूर्ण मापदण्ड पुरा गरेर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन् ।

          आईतबार प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई ज्ञापन–पत्र बुझाउँदै शैलुन व्यवसायीले आफ्नो परिवार ‘रोगले होईन भोक’ले मर्ने अवस्था आएको गुनासो गरेका छन् । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि व्यवसाय बन्द हुँदा हातमुख जोर्नै समस्या पर्न थालेको भन्दै शैंलुन व्यवसायी सन्तोष ठाकुरले बताए ।

           सरकारले बन्दाबन्दी अन्त्यको घोषणा गरे पनि हालसम्म शैलून तथा ब्युटिपार्लर व्यवसायीले निर्वाधरुपमा व्यवसाय सञ्चालन गर्न पाएका छैनन् । जिल्लामा अधिकांश तराईबाट आएर व्यवसायीले भाडामा कोठा लिएर शैलुन व्यवसाय सञ्चालन गर्दैआएका छन् । कतिपय शैलुन व्यवसायीले बाहिर ढोका धप्काएर भित्र ग्राहकको केस काट्ने गरेका छन् ।

     

    सम्बन्धित समाचार