Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मौषम सुधार आउदै

    मौषम सुधार आउदै


    • सोमवार, आश्विन १२ २०७७

    • नेपाल वाइड


    मौषम सुधार आउदै

            केही दिनलाई झरीको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतबारसम्म प्रदेश नं. १ मा रहेको झरी हटेको मौसमविद राजु प्रधानाङ्गले बताए । उनका अनुसार मनसुन निस्क्रिय हुँदै गएको छ । “मनसुन सकियो भन्न त सकिँदैन । तर निस्क्रिय हुँदै गएको छ । अबको तीन दिन मनसुन सक्रिय हुने देखिँदैन ।” मनसुन सक्रिय नभएकाले आउँदो तीन दिन आंशिक बदली भएर क्षणिक वर्षा भए पनि झरी भने नपर्ने उनी बताउँछन् ।

           आज दिउँसो प्रदेश नं १, वागमती प्रदेश, गण्डकी प्रदेश र ५ नं. प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको विभागको भनाइ छ । 

          विभागका अनुसार आज राति प्रदेश नं १ र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ । सामान्यतः सेप्टम्बर २३ मा नेपालमा मनसुन अन्त्य हुने भए पनि यो वर्ष मनसुन केही लम्बिएको छ । विभागका अनुसार अझै केही दिन मनसुन सक्रिय रहने छ । 

          ३० वर्षको सक्रिय मनसुनको अवधीका आधारमा औषतमा नेपालमा सेप्टेम्बर २३ सम्म मनसुन सक्रिय रहन्छ भन्ने तथ्यांक निकालिएको हो । तर पछिल्लो ५ वर्षको तथ्यांक अनुसार मनसुन केही साता पछिसम्म सक्रिय रहेको देखिन्छ ।  

    सम्बन्धित समाचार