सोमवार, आश्विन १२ २०७७
नेपाल वाइड
सडक मर्मत तथा सरसफाई गर्दै च्यास्मीटार दाल्फुका स्थानीय
खोटाङ । असोज १२, दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका स्थानीयले सडक मर्मत तथा सरसफाई गरेको छ ।
दशैं, तिहार र छठ पर्वको अवशरमा घर आउने र फर्कने स्थानीयको सुविधालाई ध्यानमा राखेर चैतेडाँडादेखि मण्डलीसम्मको सडक सरसफाई एबं मर्मत गरिएको हो । कच्ची सडकमा थुप्रिएको ढुंगा माटो हटाउनुका साथै बाटो आसपासका झाडी हटाइएको स्थानीय युवा केसीराज राईले बताए ।
तत्कालिन सांसद पिके राईको निर्वाचन क्षेत्र पुर्वाधार बिकास कोषको १० लाख बजेटबाट २०७४ सालमा मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी–जयराम सडक खण्डको चैतेडाँडाबाट दाल्फु झर्ने सडक निर्माण गरिएको थियो ।
दशैं तिहारको अवशरमा दाल्फुका स्थानीयले सिर्जनात्मक एकता युवा सेवा समाजको अगुवाईमा हरेक वर्ष सडक तथा गोरेटो सरसफाई गर्दैआएका छन् । वर्ष दिनपछि भेटघाट गर्न र रमाईलो गर्न आउने आफन्तको स्वागतमा गाउँको स्वच्छता र सुन्दरताकालागि बाटो सरसफाई गरिएको राईले बताए ।