Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

    तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक


    • बुधवार, आश्विन १४ २०७७

    • नेपाल वाइड


    तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

              काठमान्डाैं । तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन चीन सकारात्मक भएको हो । 

            सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाल र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लिउलिन नेतृत्वबीच मंगलबार मितेरी पुलमा भएको वार्तामा नाका खुलाउने सहमति भएको हो । नाका खुलाउन अर्थ मन्त्रालय, उद्योग मन्त्रालयले पनि ताकेता गरेका थिए ।

           छलफलमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहाल र चीनका तर्फबाट चिनियाँ वाणिज्य मन्त्रालयका एसिया मामिला विभागका महानिर्देशक पेङ गाङले नेतृत्व गरका थिए । चीनको केन्द्रीय तहमै भएको यो पहिलो छलफल पनि हो ।

          प्रमुख जिल्ला अधिकारी ढकालले असोज १८ गते ९अक्टोबर ४ तारेखदेखि उनीहरुले काम थाल्ने र ५ तारिखमा हाम्रो भन्सारमा सामान आउने सहमती भएको बताए । 

    सम्बन्धित समाचार