Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    थाई र एयर इन्डियालाई दिएको ग्राउन्ड ह्‍यान्डलिङको अनुमति फिर्ता

    थाई र एयर इन्डियालाई दिएको ग्राउन्ड ह्‍यान्डलिङको अनुमति फिर्ता


    • बिहिवार, आश्विन १५ २०७७

    • नेपाल वाइड


    थाई र एयर इन्डियालाई दिएको ग्राउन्ड ह्‍यान्डलिङको अनुमति फिर्ता

            काठमाडौं । नेपाल नागरिक उड्‍डयन प्राधिकरणले थाई एयर र एयर इन्डियालाई दिएको ग्राउन्ड ह्‍यान्डलिङको अनुमति फिर्ता लिने भएको छ । सरकारले हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्‍यान्डलिङको जिम्मेवारी दिएको विषयमा आलोचना भइरहेका बेला प्राधिरकणले थाई र एयर इन्डियालाई दिएको अनुमति पनि फिर्ता लिने तयारी भएको बताएको हो ।

           बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आफ्नो ग्राउन्ड ह्‍यान्डलिङ आफैं गर्ने गरेका थाई एयर र एयर इन्डियाको अनुमति फिर्ता लिने बताए । 

          अहिले कोरोनाका कारण ती विमान कम्पनीका अधिकारीहरुसँग वार्ता गर्न सम्भव नभएकाले छिट्टै वार्ता गरी अनुमति फिर्ता दिइने उनले बताए । पोखरेलले भने, ‘‘अब थाई एयर र एयर इन्डियालाई ग्राउन्ड ह्‍यान्डलिङको मौका दिने पक्षमा हामी छैनौं ।

           अहिले कोभिडको बेला छ उहाँहरु यहाँ हुनुहुन्‍न आएपछि छलफल गरेर तपाईंहरुले सेल्फ ग्राउन्डिङ गर्न पाउनुहुन्‍न । तपाईंको क्राइटेरिया मिट गर्दैन भन्छौं । अब हाम्रो ग्राउन्ड ह्‍यान्डिलिङ सेवा दिने प्रदायक नेपाल वायुसेवा निगम मात्रै हो यो कुरामा भ्रममा नपर्नुहोस् ।’’

           उनले काठमाडौं बेस भएर नयाँ वायुसेवा कम्पनीलाई सञ्‍चालनको अनुमति नदिने पनि बताए । हिमालय एयरलाइन्सलाई नियमानुसार सेल्फ ग्राउन्ड ह्‍यान्डलिङको जिम्मेवारी दिइएकाले राष्ट्रिय मुद्दा बनाउन नहुने उनको भनाइ थियो ।

    सम्बन्धित समाचार