Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    घर चर्किएपछि विस्थापित एकल महिलालाई गाउँपालिकाको आर्थिक सहयोग

    घर चर्किएपछि विस्थापित एकल महिलालाई गाउँपालिकाको आर्थिक सहयोग


    • बिहिवार, आश्विन १५ २०७७

    • नेपाल वाइड


    घर चर्किएपछि विस्थापित एकल महिलालाई गाउँपालिकाको आर्थिक सहयोग

    घर चर्किएपछि विस्थापित दहलकुमारी राईलाई नगद प्रदान गर्दै गाउँपालिका अध्यक्ष भूपेन्द्र राई ।

          खोटाङ । असोज १५, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले वर्षाका कारण घर चर्किएपछि विस्थापित भएका एकल महिलालाई आर्थिक सहयोग गरेको छ । गत असोज ४ गतेदेखि ७ गतेसम्म परेको अविरल वर्षाका कारण घर चर्किएर बस्नै नहुने भएपछि विस्थापित भएकी दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुकी एकल महिला दहलकुमारी राईलाई आर्थिक सहयोग गरेको हो ।

            घर चर्किएर बस्नै नमिल्नेगरी कोल्टिएपछि हाल देवरको घरमा बसिरहेकी राईलाई गाउँपालिकाले राहत स्वरुप ३० हजार प्रदान गरेको छ । विस्थापित एकल महिलालाई गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बिहिबार घरैमा पुगेर राहत रकम हस्तान्तरण गरेका छन् । श्रीमानको मृत्यु भइसकेको र भएकी एक्ली छोरीको विवाह भएपछि दहलकुमारी एक्लै बस्दै आएकी छन् ।

          वर्षाका कारण जमिन गलेर भासिदा दहलकुमारीको घरको बीचभागबाट एक बित्ता फाटेको छ । जमिन भासिएका कारण घरको थाम बांगिनुका साथै घर कोल्टिएको छ । ‘घरको पर्खाल करिब एक वित्ता फाटेको छ, फर्किएर त्यही घरमा बस्न सकिने अवस्था छैन,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘अलि वर्षा भए जुनसुकैबेला घर ढल्ने खतरा छ ।

          अस्थायी आवास व्यवस्थापनका लागि सहयोग गरिएको हो ।’ एकल महिलालाई राहत वितरणका लागि प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद दाहाल, वडाध्यक्ष ईन्द्रबहादुर बस्नेत, कार्यपालिका सदस्य सिता राई, वडा सदस्य तुलसकुमार राई लगायत पुगेका थिए ।

    Charkiyko Ghar  photo.jpg

    विस्थापित दहलकुमारी राईकाे बस्नै नहुने गरि चर्किएकाे घर 

     

    सम्बन्धित समाचार