Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण

    अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण


    • शुक्रवार, आश्विन १६ २०७७

    • नेपाल वाइड


    अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण

            अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । ट्रम्पसँगै अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई पनि संक्रमण पुष्टि भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

            यससँगै आफू क्वारेन्टिनमा बस्ने र आफूहरु छिटै निको हुने ट्रम्पको विश्वास छ । यसअघि ट्रम्पका वरिष्ठ सल्लाहकारमध्येकी एक होप हिक्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

    त्यसपछि ट्रम्प र मेलानियाको पनि कोरोना परीक्षण गरिएको थियो । परीक्षणको क्रममा उनीहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

    सम्बन्धित समाचार