शनिवार, आश्विन १७ २०७७
नेपाल वाइड
हलेसी तुवाचुङ नगरपालिकाको जयराममा शुक्रबार पल्टिएको ट्याक्टर ।
खोटाङ । असोज १७, ट्याक्टर दुर्घट्नामा खोटाङमा एक जनाको मृत्यु भएको छ । दिक्तेलबाट किराना सामान, जस्ता, ग्याँस लगायतका सामान लिएर दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मातर्फ जाँदै गरेको स १ त ६६८० नम्वरको ट्याक्टर दुर्घट्ना हुँदा टेम्माका २६ वर्षीय प्रकाश राईको मृत्यु भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको जोरआँपमा शुक्रबार राती भएको दुर्घट्नामा राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए । उनलाई ट्याक्टरको ट्रलीले किचेको थियो ।
दुर्घट्नामा टेम्माकै हरी मुग्राती सामान्य घाईते भएका छन् । साँघुरो घुम्तीमा ट्याक्टरको ट्रली पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
ट्याक्टरमा ६ जना सवार थिए । ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको डिएसपी चिमरियाले बताए ।