Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    राष्ट्रिय युवा संघ : इन्चार्जमा राजुबिक्रम, सह–इन्चार्जमा दिनेश

    राष्ट्रिय युवा संघ : इन्चार्जमा राजुबिक्रम, सह–इन्चार्जमा दिनेश


    • शनिवार, आश्विन १७ २०७७

    • नेपाल वाइड


    राष्ट्रिय युवा संघ : इन्चार्जमा राजुबिक्रम, सह–इन्चार्जमा दिनेश

                    इन्चार्ज राजुबिक्रम चाम्लिङ, सह–इन्चार्ज दिनेश राई (दाँया)

             खोटाङ । असोज १७, राष्ट्रिय युवा संघ नेपाल खोटाङको इन्चार्जमा राजुबिक्रम चाम्लिङ चयन भएका छन् । राष्ट्रिय एकता भेला र केन्द्रीय कमिटीको बैठकले दिएको म्यान्डेट अनुसार संगठनको संगठनात्मक एकताको प्रक्रिया टुंग्याउनेक्रममा खोटाङमा वाइसिएल नेपालकातर्फबाट चाम्लिङले राष्ट्रिय युवा संघको इन्चार्जको जिम्मेवारी पाएका हुन् ।

            यस्तै, युवा संघकातर्फबाट दिनेश राई राष्ट्रिय युवा संघको सह–इन्चार्ज चयन भएका छन् । इन्चार्ज चाम्लिङ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र सह–इन्चार्ज राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका हुन् ।

            चाम्लीङ नेकपाका जिल्ला कमिटि सदस्य हुन् भने राई बुईपाका वडाध्यक्ष हुन् । जिल्लामा राष्ट्रिय युवा संघको संयोजक र सह–संयोजक यसअघि नै टुंग्याइसकिएको थियो । राष्ट्रिय युवा संघको जिल्ला संयोजकमा रसकुमार राई र सह–संयोजकमा शरद राई चयन भइसकेका छन् । राष्ट्रिय युवा संघले लामो समयदेखि थाँती रहेका जिल्लाहरुको संयोजक र सह–संयोजक तोक्दै ७७ वटै जिल्लामा इन्चार्ज, सहइन्चार्ज, संयोजक तथा सहसंयोजक चयन गरेको जनाएको छ ।

    सम्बन्धित समाचार