Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको दोर्पाचिउरीडाँडा बुवासुङमा व्यवसायिक तरकारी खेतीका लागि हाइटेक निर्माण

    खोटाङको दोर्पाचिउरीडाँडा बुवासुङमा व्यवसायिक तरकारी खेतीका लागि हाइटेक निर्माण


    • शनिवार, आश्विन १७ २०७७

    • नेपाल वाइड


    खोटाङको दोर्पाचिउरीडाँडा बुवासुङमा व्यवसायिक तरकारी खेतीका लागि हाइटेक निर्माण

                   सुम्नीमा मेरुङ कृषि समुहले सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरु
            खोटाङ । अशोज–१७ उच्च मूल्ययुक्त तरकारी उत्पादनका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवासुङका युवा किसानले हाइटेक निर्माण गरेका छन् । सुम्नीमा मेरुङ कृषि समुह गठन गरेर २०७० सालदेखि व्यवसायीक कृषि फर्म सञ्चालन गर्दै आएका युवा किसानले प्रोटेक्ट हर्टिकल्चर प्रविधि बिस्तार अन्तरगत प्रदेश सरकारको आर्थिक सहयोगमा ५० मिटर लम्बाई र १० मिटर चौंडाई भएको हाइटेक निर्माण गरेका हुन् ।

            हाइटेकभित्र उच्च गुणस्तरको गोलबेँडा, अकबरे खुर्सानी, बन्दा, काउली, गाजर लगायतका तरकारी खेती गर्नेगरी प्रोटेक्ट हर्टिकल्चर प्रविधि भित्र्याइएको सुम्नीमा मेरुङ कृषि समुहका अध्यक्ष गजेन्द्र राईले बताए । प्रदेश सरकार भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ बिराटनगरको १९ लाख तथा कृषि समुहको ८ लाख ३३ हजार २३६ गरी २७ लाख ३३ हजार २३६ रुपैयाँको लागतमा फलामको पाईप र प्लाष्टिक प्रयोग गरेर बनाइएको हाइटेक निर्माण गरिएको हो ।

          स्थानीय बजारमा उच्च मूल्यायुक्त तरकारीको मागलाई पुरा गर्दै बाह्य बजारमा निर्यात गर्ने लक्ष्यका साथ हाइटेक निर्माण गरिएको समुहका अध्यक्ष राईले बताए । हाइटेकभित्र बार्षिक न्यूनतम १४ हजार केजी तरकारी उत्पादन गर्ने लक्ष्य राखिएको छ । हाइटेक निर्माणका लागि सुम्नीमा मेरुङ कृषि समुहले गत असार २ गते सम्झौता गरेको थियो ।

            हाइटेक निर्माणपछि शुक्रबार सुम्नीमा मेरुङ कृषि समुहले सार्वजनिक सुनुवाई गरेको छ । वडाध्यक्ष लिलाकुमार चौहान, कृषि ज्ञान केन्द्रका कृषि अर्थविद देवराज गुप्ता, सरोकारवाला, स्थानीय लगायतको उपस्थितिमा हाइटेकभित्रै सार्वजनिक सुनुवाई गरिएको समुहले जनाएको छ ।

          कृषिमा ‘होलटाइमर’ बनेर सामुहिकरुपमा कृषिको व्यवसायीकरणमा जुटेका बुवासुङका युवाले अलैंची, आलु, अदुवा, अम्रिसो, बेसार, तिते करेला, खुर्सानी, माछा, तरकारी खेती गर्दै आएका छन् । घरजग्गा छाडेर तराई गएका आफन्तको ८० रोपनीभन्दा बढि जग्गा भाडामा लिएर स्थानीय १५ युवाले सामुहिक खेती सुरु गरेका हुन् । 

    Hiteck Tecnology.jpg

    फलामको पाईप र प्लाष्टिक प्रयोग गरेर बनाइएको हाइटेक

    सम्बन्धित समाचार