शनिवार, आश्विन १७ २०७७
नेपाल वाइड
दिक्तेलबजारमा बजार अनुगमन गर्दै अनुगमन टोली ।
खोटाङ । असोज १७, खोटाङको दिक्तेलबजारमा १६ हजारभन्दा बढि मूल्याको म्याद नाघेका खाद्य सामग्री बरामद गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग, जिल्ला अस्पताल, कृषि ज्ञान केन्द्र, पशुसेवा विज्ञ केन्द्र, जिल्ला प्रहरी कार्यालय, करदाता सेवा कार्यालय र उद्योग बाणिज्य संघले शनिबार गरेको बजार अनुगमनकाक्रममा म्याद नाघेका १६ हजार ८७० रुपैयाँ बराबरको खाद्यवस्तु बरामद गरिएको हो ।
६८ वटा पशल अनुगमन गर्दा फेला म्याद नाघेका तथा अखाद्यवस्तु बरामद गरेर नष्ट गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका बजार अनुगमन टोलीका संयोजक सिताराम खतिवडाले बताए ।
दशैं तिहार नजिकिँदै गरेको तथा कोभिड–१९ को महामारीको बेला टोलीले बजारका खाद्य तथा किराना पशल, मासु पशल, मेडिकल पशल, एग्रोभेट लगायतका पशल अनुगमन गरेको हो । टोलीले म्याद नाघेको चकलेट, बिस्कुट, चाउचाउदेखि पानीसम्म फेला पारेको बजार अनुगमन टोलीका संयोजक खतिवडाले बताए ।