Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको जन्तेढुंगाका सबै वडामा राष्ट्रिय युवा संघको वडा कमिटि

    खोटाङको जन्तेढुंगाका सबै वडामा राष्ट्रिय युवा संघको वडा कमिटि


    • आइतवार, आश्विन १८ २०७७

    • नेपाल वाइड


    खोटाङको जन्तेढुंगाका सबै वडामा राष्ट्रिय युवा संघको वडा कमिटि

             खोटाङ । अशोज –१८, खोटाङको जन्तेढुंगा गाउँपालिकाका सबै वडामा राष्ट्रिय युवा संघको वडा कमिटि गठन गरिएको छ । तत्कालिन युवा संघ र वाइसिएललाई मिलाएर गाउँपालिकाका ६ वटै वडामा राष्ट्रिय युवा संघको वडा कमिटि गठन गरिएको हो । राष्ट्रिय युवा संघको वडा कमिटि गठनका क्रममा तत्कालिन युवा संघ र वाइसिएलले तीन/तीन वडामा संयोजक बाँडेको छ ।

            जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानमा रमेश थापाको संयोजकत्वमा ७७ सदस्यीय, जन्तेढुंगा गाउँपालिका–२ बोपुङमा सन्दीप राईको संयोजकत्वमा ३७ सदस्यीय र जन्तेढुंगा गाउँपालिका–३ काहुलेमा निश्चल राईको अध्यक्षतामा २८ सदस्यीय वडा कमिटि गठन गरिएको छ । यी तीन वडामा तत्कालिन वाइसिएलले नेतृत्व पाएको हो ।

           यस्तै, जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा सन्देश राईको संयोजकत्वमा ८३ सदस्यीय, जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा होमबहादुर राईको संयोजकत्वमा १५४ सदस्यीय र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा बिजय राईको संयोजकत्वमा ११६ सदस्यीय वडा कमिटि गठन गरिएको छ ।

            यी वडामा तत्कालिन युवा संघले नेतृत्व पाएको राष्ट्रिय युवा संघका जिल्ला कमिटि सदस्य जगत किरातीले बताए । केही समयपछि वडाको सचिवालय तया गर्ने, आवश्यक प्रशिक्षणको व्यवस्था गर्दै पालिकास्तरिय कमिटि बनाउने तयारी गरिएको संघले जनाएको छ ।

    सम्बन्धित समाचार